पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन एमालेमा आएको सचिव भट्टाईको भनाइ

पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन एमालेमा आएको सचिव भट्टाईको भनाइ

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३, २०८०

  • 164
    SHARES
पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन एमालेमा आएको सचिव भट्टाईको भनाइ

सीताराम अधिकारी धादिङ

३ जेठ । अब एमालेले पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन आउन लागेको नेकपा एमाले सचिव योगेश भट्टराइले बताउनु भएको छ । नेकपा एमाले धादिङले मदन आश्रीतको ३० औँ स्मृति दिवसको अबसरमा बुधबार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रमको अबसरमा यस्तो बताउनु भएको हो ।

 

एमालेले आफूलाई समयानुकुल परिमार्जन गर्दै लगेकोले र अहिले संबिधानको रक्षा गर्नुपर्ने अवस्थामा आइपुगेको उहाँको भनाइ छ । पार्टीसदस्यहरुलाई उम्मेदवार छान्न दिने खालको लोकतन्त्र जानताको बहुदलिय जनबाद अन्तरगत अभ्यास गर्न दिने व्यवस्था एमालेले निति बनाउने अवस्थामा पुगेको बताउँदै एमाले चिव भट्टराइले आफूले उम्मेदवार छानेपछि कार्यकर्ताले जिताउन नसके सिस्नुपानी लगाउने खालको निति बनाइने उहाँले बताउनुभयो । मदन भण्डारीको योगदान, क्षमता र पार्टीको सिद्धान्त बारे बोल्दै भट्टराइले इतिहासको अन्त्य नहुने भएकोले मदन आश्रितको मृत्यु बारे खुल्ने बताउनुभयो । मदन भण्डारी आफँले इतिहास बनाएको उहाँको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले मात्र आफ्ना आरोप लागेका उपाध्यक्ष रायमाझीलाई निलम्बन गरेको उल्लेख गर्दै यस प्रकरणमा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन एमालेले सघाउनेर कारबाही गराउन लागि पर्ने बताउनुभयो । मदन भण्डारीको मागएदर्शनका कारण एमालेले नेपालको माटो र जनता सुहाउँदो किसिमले सत्ताको उपयोग गर्दै यो परिवर्तन सम्भव भएको दावी गर्दै प्रदेश सरकार खारेज गर्ने भनेर एमालेले यो सन्दर्भमा नभन्ने धारणा व्यक्त गर्नुभयो । नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं धादिङ कम्यूनिष्ट आन्दोलनका संस्थापक जगन्नाथ नेपाल, एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घले, मदनभण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेश थापाले जनताको बहुदासलय जनबादका बारेमा बोल्नु भएको थियो। कार्यक्रममा एमाले कार्यकर्ताहरुले अन्तरक्रियाको क्रममा नेताहरु सच्नि आग्रह गर्दै यति भए कार्यकर्ताले पार्टी जोगाउने बताएका थिए ।

 

सीताराम अधिकारी


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar