गैंडाको खागसहित तीन जना पक्राउ

गैंडाको खागसहित तीन जना पक्राउ

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ २, २०८०

  • 147
    SHARES
गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौं, २ जेठ

ललितपुरबाट प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ।

 

मंगलबार धादिङ घर भई नयाँबजार बस्ने २८ वर्षीय विरेन्द्र तामाङ, चितवन घर भई एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे र २४ वर्षीय युवराज घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर स्टिलटावर चोक नजिक गैंडाको खाग खरिदबिक्री हुँदैछ भनेर प्रहरीले सूचना पाएको थियो । सोही आधारमा उनीहरूलाई पक्राउ गरिएको  प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar