लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 101
    SHARES
लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

लागूऔषधसहित बुटवलबाट प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् ।

प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको लु ९१ प ३१६० नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको इप्रका बुटवलले जनाएको छ । उनीहरुलाई लागूऔषध दुरुपयोग मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar