ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्षसम्म

ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्षसम्म

  • Kandara Samachar

  • बुधबार, बैशाख १३, २०८०

  • 280
    SHARES
ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्षसम्म

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई अब हरेक १० वर्षमा गर्न मिल्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था छिटो भएको र त्यसले स्मार्ट कार्ड छपाइमा चाप सिर्जना गरेकाे उल्लेख गरे ।

“लाइसेन्स नवीकरणका सन्दर्भमा पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था छिटो हुने भएकाले र अलि झन्झटिलो हुने भएकाले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानूनी रूपमा प्रक्रिया अगाडि बढाएका छौं,” बैठकमा बोल्दै सांसद ज्वालाले भने, “अब चाहिँ पाँच वर्षमा होइन, १० वर्षमा नवीकरण गर्नुपर्ने र त्यसो भएमा नयाँ स्मार्ट कार्ड छाप्ने चाप पनि कम हुने विश्वास लिएका छौँ ।”

त्यस्तै लाइसेन्सका लागि अत्यन्त लामो समय पर्खिनुपर्ने, लाइनमा लाग्नुपर्ने अवस्थालाई केही महिनामा समाधान गर्नेगरी मन्त्रालयले काम अगाडि बढाएकाे उनले बताए ।

मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली वा अङ्ग्रेजी र अङ्ग्रेजी तीन ओटै विकल्पमा नम्बर प्लेट छाप्न मिल्ने गरी मन्त्रिपरिषदबाट निर्णय लिइसकेकाे र चाँडै नै उक्त व्यवस्था लागू हुने पनि जानकारी दिए ।

त्यस्तै मन्त्री ज्वालाले विद्युतीय माेटरसाइकल निर्माता यात्री मोटरसाइकल्सका सन्दर्भमा पनि कार्यविधि संसोधन गरिसकेको उल्लेख गरे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar