मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ विजयी

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ विजयी

  • Kandara Samachar

  • बिहिबार, अशोज ३, २०८१

  • 87
    SHARES
मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ विजयी

धादिङ ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघ विजयी भएकाे छ ।
संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघ विच भएको मैत्रीपूर्ण फुटसलमा एक गोल अन्तरले पत्रकार महासंघ विजयी भएकाे हाे । 

पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार महासंघले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए । संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने छ’ उनले भने– ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं । पत्रकार मित्रहरु र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’
नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । हामी राज्यलाई सुशासन तथा जवाफदेहिता बनाउने क्षेत्रमा कलम मात्र चलाएका छैनौ, हरेक क्षेत्रमा संगसँगै रहेर समन्वय तथा समझदारी गरी अघि बढ्दै आएको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar