धादिङबेसीमै रङ हालिएको मिठाइ र प्लाष्टिकका माला खुलमखुला विक्री :

धादिङबेसीमै रङ हालिएको मिठाइ र प्लाष्टिकका माला खुलमखुला विक्री :

  • Kandara Samachar

  • शुक्रबार, कार्तिक १६, २०८१

  • 113
    SHARES
धादिङबेसीमै रङ हालिएको मिठाइ र प्लाष्टिकका माला खुलमखुला विक्री :

धादिङ
तिहारको बेला घरमा मिठाइ लानेहरुले खानका लाने मिठाइ र फुलको सट्टामा प्रयोग गरिने प्लाष्टिकको फुलले गर्दा तिहारको सौन्दर्यता करुप भएको छ ।
नियमित अनुगमन गरिरहेकाे खबर आईरहेकाे छ । जिल्ला प्रशासन कार्यालयकाे १ किलाेमिटरकाे दुरीभित्र जनस्वास्थ्यलाई असरपार्ने गतिविधि भईरहँदा नियन्त्रणमा आउन सकेकाे छैन ।
धादिङबेसी बजारमा २० भन्दा बढी पसलमा प्लाष्टिकका माला विक्रिका लागि राखिएको छ भने यसको प्रयोग गरिएको धेरै घरहरु समेत भेटिएको छ ।

वातावरणीय स्वास्थ्यमा प्रतिकुल असर गर्ने प्लाष्टिक यसबाट बनेको मालाले गर्दा गाउँघर र बजार फोहोर हुने गर्छ भने प्रयोग पछि सडेर नजाने हुनाले खेतबारीमा उत्पादन हुने अन्नबाली समेत उत्पादन नदिने वातावरणविदहरुको भनाइ छ ।
सयपत्री फुलको माला विक्रि नभएर किसानहरुले फल्नु पर्ने अवस्था आएपनि भारत चिनबाट आयात गरिएको प्लाष्टिकको मालाले भने बेफाइदा गरेपनि निर्वाध व्यपार गरिरहेको फुलको व्यपार गरिरहनुभएका राममायाँ तामाङले बताउनुभयो ।
यता मानविय स्वास्थ्यमा व्यापक बेफाइदा गरेपनि बजारभर तिहारको मौका छोपेर अखाद्य रङ मिसाइएका मिठाइको विगविगि भएपनि नियन्त्रणको प्रयास भएको छैन ।
मानिसलाई आकर्षण गर्न हालिएको रङले स्वस्थ्य प्रतिकुल असर गर्छ । रङ हालिएको खानेकुराले पेट दुख्ने, अपच हुने, तथा कडा रङ रहेछ भने क्यान्सर समेत हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ तर बजारभर सबै मिठाइ पसलमा रङ हालिएको मात्र ठिाइ भेटिएको भएपनि नियन्त्रतर्फ कुनै कदम उठाइएको छैन ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्लाष्टिक माला नियन्त्रणको काम नगरपालिकाको भएकोले नगरपालिकाले केही निर्णय गरेको जस्तो नलागेको बताउनुभयो । खाद्यान्नमा रङ हालिएको यसको परिक्षण गर्न मन्त्रालयले गर्नुपर्ने भएकोले अहिले तत्काल नियन्त्रण गर्न नसकिएको घिमिरेले बताउनुभयो ।
मिठाइमा रङ नहालेपनि मिठाइ बन्ने र स्वदमा कमी नहुने भएकोले मानिसको स्वास्थ्यमा असरगर्ने कुनैपनि रङ प्रयोग नगर्न आम व्यपारीहरुलाई आग्रह गर्दै रङ हालिएको मिठाइ नकिन्न र सचेत बन्न उपभोक्ताहरुलाई उपभोक्ता अधिकारकर्मी शिव सापकोटाले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar