बालिका जबर्जस्ती करणी मुद्दा : ३ महिनाभीत्र कसुरदारले जरिवाना तिरेमा १० वर्ष ८ महिना कैद छुटकाे फैसला

बालिका जबर्जस्ती करणी मुद्दा : ३ महिनाभीत्र कसुरदारले जरिवाना तिरेमा १० वर्ष ८ महिना कैद छुटकाे फैसला

  • Kandara Samachar

  • सोमवार, भदौ १७, २०८१

  • 101
    SHARES
बालिका जबर्जस्ती करणी मुद्दा : ३ महिनाभीत्र कसुरदारले जरिवाना तिरेमा १० वर्ष ८ महिना कैद छुटकाे फैसला

धादिङ ।

जिल्ला अदालत धादिङले कसुरदार ठहर भएका एक १७ वर्षीय बालकलाई अदालतले निर्धारण गरेको जरिवाना रकम ३ महिनाभित्र दाखिला गरेका १० वर्ष ८ महिना कैद छुट हुने सुबिधाजनक फैसला आइतबार गरेको छ ।
१५ वर्षीया भतिजी नातापर्ने एक बालिाका लाई एकान्तमा पारि बलात्कार गरेको कसुरमा कसुरदार भक्तपुरमा रहेको बालसुधारगृहमा पुरपक्षका लागि साउन ८ गतेदेखि राखिएको थियो ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलको इजलासले कसुरदार १८ वर्ष मुनिको बालक भएकोले १२ वर्ष ८ महिना कैद साथै ४ लाख ७३ हजार १ रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला भएको जिल्ला अदालतका तहसिलदार तथा सूचनाअधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो । कसुरदारले तिर्ने जरिवानाको रकम नै क्षतिपूर्ति बापत पीडितलाई भराउन समेत आदेश भएको छ ।
जिल्ला अदालतले गरेको फैसलामा कसुरदारले मुद्दा फैसला भएको ३ महिनाभित्र जरिवाना रकम दाखिला गरेमा कसुरदार बालकले पाउने सुबिधा अन्तरगत १० वर्ष ८ महिना कैद छुट भइ २ वर्षमात्र कैद बस्न पाउने सुबिधाजनक फैसला भएको उल्लेख छ ।
कसुरदारले आगामी ५ वर्षभित्र कुनैपनि फौजदारी अभियोग प्रमाणित हुने किसिमको कसुर नगर्ने प्रतिवद्धता सहित अदालतमा प्रतिवद्धता जनाएमा कैद छुटको सुबिधा लिन पाउने छ । कसुरदारले अदालतमा गरेको लिखित प्रतिवद्धता तोडेमा पुरै समय कैद सयायाँ हुने छ ।
बालिकामात्र भएको मौका पारी ०८१ असार २१ गते बालिकामाथी बालात्कार गरेकोमा पीडित पक्षको सोही दिनको उजुरीको आधारमा कसुरदारलाई असार २२ गते गिरफ्तार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता भएको मुद्दा जिल्ला अदालतमा साउन ७ गते दर्ता भएको थियो । पीडितको असार २२ गते धादिङ अस्पतालमा स्वास्थय परिक्षण भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar