सुख्खा पहिराेले ६ घण्टा राजमार्ग बन्द

सुख्खा पहिराेले ६ घण्टा राजमार्ग बन्द

  • Kandara Samachar

  • शनिबार, भदौ ८, २०८१

  • 140
    SHARES
सुख्खा पहिराेले ६ घण्टा राजमार्ग बन्द
  • नानु कार्की /धादिङ

शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएकाे राजमार्ग छ घण्टापछि खुलेकाे छ ।
सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउसाे १ बजेबाट बन्द भएकाे राजमार्ग बेलुका ७ बजेमात्र खुलेकाे थियाे ।

रातिपनि पहिराे लडेकाे र दिउसाे पहिराे लडेपछि दुबैतर्फ बन्द भएकाे यातायात सेवा सडक निर्माण कम्पनीकाे डाेजरले पहिराे पन्छाएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताउनुभयाे ।
निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपनि ठुलाे पहिराे हटाउन एउटामात्र डाेजर लगाईएकाे ले ढिला भएकाे थियाे ।
सडक खन्दा सडकमाथी धाँजा फाटेकाे र पहिराे लडेकाे हाे
पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ। साना सवारी साधनहरूलाई भने गल्छी-नुवाकोट सडकखण्ड प्रयोग गरेर आउजाउ गर्न भनिएको छ।
सडक आयाेजनाले निर्माणमा ढिलाई गरेकाे र पटक पटक पहिराे लडीरहेकाे छ ।
धादिङकाे गल्छी, सिस्नेखाेला, जाेगिमारा, माैवाखाेला क्षेत्रमा पटक पटक सडक अवरुद्ध हुँदै अाएकाे छ ।
राजमार्ग बन्दका कारण हजाराै यात्रुले पानी, चाउचाउ लगायत खाद्य सामाग्रीमा महंगाे मुल्य तिर्न बाध्य भए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar