नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा ललित प्रज्ञाश्री र नीलकण्ठ प्रज्ञा सम्मान  २०८३ अर्पण

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा ललित प्रज्ञाश्री र नीलकण्ठ प्रज्ञा सम्मान  २०८३ अर्पण

  • Kandara Samachar

  • आइतवार, असार २१, २०८३

  • 33
    SHARES
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा ललित प्रज्ञाश्री र  नीलकण्ठ प्रज्ञा सम्मान  २०८३ अर्पण
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ ।

नीलकण्ठ नगरपालिका अन्तरगत रहेकाे  नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समारोहमा “ललित प्रज्ञाश्री सम्मान २०८३” र “नीलकण्ठ प्रज्ञा सम्मान  २०८३” अर्पण गरिएको छ ।

स्वर्गीय डिल्लिरमण शर्मा अर्ज्याल लाई मराेपरान्त “ललित प्रज्ञाश्री सम्मान २०८३” प्रदान गरिएको छ।

स्वर्गीय डिल्लीरमण शर्मा अर्ज्याल धादिङका एक प्रतिष्ठित कवि, साहित्यकार तथा वंशावली अनुसन्धानकर्ता हुनुहुन्थ्यो। उहाँले नेपाली साहित्यमा कविता र सांस्कृतिक लेखन मार्फत महत्वपूर्ण योगदान दिनुभयो। उहाँको प्रमुख रचना ‘अर्ज्यालवंशक्रम’ (वि.सं. २०६१) हो, जसमा अर्ज्याल वंशको इतिहास र वंशावलीको विस्तृत वर्णन गरिएको छ।

उहाँका कविताहरू एकल कविता वाचन कार्यक्रममा चर्चित थिए र स्थानीय भाषा, संस्कृति तथा सामाजिक मूल्यहरूलाई प्रोत्साहन गर्ने खालका छन्।

धादिङको माटोमा जन्मिएर साहित्य साधनाबाट धादिङको पहिचान बनाउने मोतिकविका रुपमा स्वर्र्गीय अर्याल परिचित रहेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका सदस्य सचिव प्रकाश पौडेलले बताउनुभयाे । पौडेलका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–२ आप्रीछापमा १९८८ चैत्र ७ गते जन्मिनुभएका अर्यालयले नीलकण्ठ नगरपालिका–६ सुनौलाबचारमा तत्कालिन नेवारपानी संस्कृत माध्यामिक विद्यालयमा २०२० भदौ १३ गतेबाट सुरु गर्नुभएको थियोे  । उहाँले धादिङका नगन्य साहित्यप्रेमीहरुलाई उत्प्रेरणा र उत्साह जगाउदै धादिङको साहित्य क्षेत्रलाई नै उचो राख्नुभयाे । उहाँले लेखेका २८ वटा भन्दा बढी पुस्तकहरु रहेका छन् । साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका मोतिकवि अर्याल २०७२ साउन ४ गते स्वर्गाहरण हुनुभयाे ।

उहाँको साहित्यिक तथा सांस्कृतिक योगदानको कदर गर्दै नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मराेपरान्त ललित प्रज्ञाश्री सम्मान प्रदान गरेको हाे।

समाराेहमा तमू ट्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिलाई नीलकण्ठ प्रज्ञा सम्मान दिइएको छ।  गुरुङ समुदायको भाषा, लिपि, संस्कृति र रैथाने पहिचान जोगाउन  महत्वपूर्ण भूमिका खेलेका कारण सम्मान गरिएकाे हाे । ल्होसार, घाटु नृत्य र परम्परागत पर्वहरूलाई भव्य रूपमा मनाउने तथा युवा पुस्तालाई संस्कृतिमा जोड्ने काममा  निरन्तर तमू ट्यूल छोंज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति धादिङ क्रियाशील छ ।

सम्मानित व्यक्ति तथा संस्थालाई नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गाैतम, वरिष्ट साहित्यकार बलदेव अधिकारी (गाउँले) तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दहालले दाेसल्ला, सम्मानपत्र र नगद २० हजार ८३ रुपैयाँ सहित सम्मान गरिएकाे नीलकण्ठ प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव प्रकाश पाैडेलले बताउनुभयाे ।

सम्मान समाराेहलाई सम्बाेधन गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण र उन्नयनका लागि नीलकण्ठ नगरपालिकाले काम गरिरहेकाे बताउनुभयाे ।

ढुंगानाले मोतिकवि स्वर्गीय अर्यालले छाडेर जानुभएको देन धादिङको साहित्य क्षेत्रमा मार्गदर्शन बनेको बताउनुभयाे । ‘साहित्य क्षेत्रमा उहाँले अतुलनिय योगदान पुर्याउनु भएको छ । प्रतिष्ठानकै कारण यो पुस्ताले अर्याललाई चिनाएको छ । उहाँको योगदान, साहित्य क्षेत्रमा उर्जा, उत्पे्ररणा तथा उत्साह धादिङले सम्झिरहनेछ’ ढुंगानाले भन्नुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar