उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्र बनाउन पहल गर्ने एमाले उम्मेदवार घलेकाे भनाई

उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्र बनाउन पहल गर्ने एमाले उम्मेदवार घलेकाे भनाई

  • Kandara Samachar

  • आइतवार, फाल्गुन ३, २०८२

  • 101
    SHARES
उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्र बनाउन पहल गर्ने एमाले उम्मेदवार घलेकाे भनाई

धादिङ ।

नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले उत्तरी धादिङलाई बीउ उत्पादन क्षेत्र बनाउन पहल गर्ने बताउनुभएकाे छ ।

मतदाता भेटघाटकाे क्रममा झार्लाङ पुग्नुभएका उम्मेदवार घलेले हिमाली उत्पादनशील क्षेत्र भएकाे सम्भावना भएकाे क्षेत्र भएकाेले तरकारी तथा अन्नबाली बीउ उत्पादन गर्न पहल गर्ने बताउनुभयाे ।

खनियाबास गाउँ पालिका वडा नम्बर १ र २ स्थित झार्लाङ गाउँगाउँमा मतदाता भेटघाटमा पसग्नुभएकाे हाे ।
गाउँमा उत्पादन आलु, फर्सी, अन्नपात बजारलैजान कठिन भएकाेले धादिङबेसी तिप्लिङ हुँदै चिन जाेड्ने सडक पिच, बजारी करणकाे लागि स्पष्ट कार्य याेजना, भण्डारण केन्द्र, चिस्यान केन्द्र बनाइ उत्तरी धादिङलाइ बीउ उत्पादन क्षेत्र बनाउन एमाले उम्मेदवार धनबहादुर घलेले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।झार्लाङकाे पर्ची, घ्यालमान, ओंगुल लगायत स्थानमा काेणसभा र मतदाता भेटघाट गर्नुभयाे ।
गाउँकाे सडकमा २०७० मा निर्वाचित भएपछि बिकासमा याेगदान गरेकाे बताउँदै पर्यटन विकास, र गणेशहिमाल क्षेत्रकाे एकीकत विकास याेजनामा पहल गर्ने बताउनुभयाे ।
एमाले उम्मेदवार घलेसंग प्रदेश कमिटि सदस्य इमान तामाङ, जिल्ला कमिटि उपसचिव भक्त लामीछाने लगायतका नेताहरु मतदाता भेटघाटमा हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar