चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

  • Kandara Samachar

  • आइतवार, अशोज २६, २०८२

  • 235
    SHARES
चार जिपिए लक्षित गरि बेनिघाट राेराङमा कक्षा १० काे नमुना परीक्षा

धादिङ

एसइइ परीक्षामा चार जिपिए ल्याउने लक्ष्य राखेर बेनिघाट राेराङ गाउँ पालिकाले कक्षा १० मा नमुना परीक्षा सुरु गरेकाे छ ।

बेनिघाट राेराङका १० सामुदायिक र २ निजि गरि १२ माध्यमिक विद्यालयका ५/५ जनाका दरले ६० जना विद्यार्थी परीक्षामा सहभागी भएकाे शंखादेवि माविका प्रधानाध्यापक तिलक चेपाबताउनुभयाे । उहाँ आफ्नाे विद्यालयका कक्षा १० का पढाइमा राम्राे भएका ५ जना विद्यार्थी सहित परिक्षामा सहभागी हुनुभएकाे छ ।

बेनिघाटराेराङ गाउँपालिका शिक्षा शाखाकाे आयाेजनामा नमुना किसिमकाे काम जिल्लामा पहिलाेपटक भएकाे पाइएकाे   हाे ।

अनिबार्य विषय सामाजिक, अङ्ग्रेजी नेपाली,  गणित विज्ञानकाे २०/२० प्रतिशतमा परीक्षा गरिएकाे थियाे ।

बेनिघाटरोराङ गाउँपालिकाले शिक्षण, सिकाइ र शैक्षिक सुधारका लागि ८८ बुँदे मार्गचित्र स्वीकृत गरी कार्यान्वयन गरिरहेको र मार्गचित्रको बुँदा नम्बर १ मा ३ दशमलव ६ जिपिए हासिल हुने गरी योजना बनाई कार्यान्वयन गर्ने भन्ने उल्लेख भएअनुसार परीक्षा गरिएकाे गाउँ पलिकाले जनाकारी दिएकाे छ

पालिकाले यश किसिमकाे परीक्षाले विद्यार्थीहरुमा साहस र आँट बढ्न गई अन्यत्र गएर परीक्षा दिने बानीको विकास भइ विद्यालय, विद्यार्थी र अभिभावकलाई थप टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

परिक्षापछिकाे पृष्ठपाेषणले विद्यार्थीलाई अाफ्नाे शैक्षिक स्थितिमा सुधार गर्न टेवा पुग्ने छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar