सिँडीबाट लडेर नेत्रावती डबजाेङमा एकजनाकाे मृत्यु

सिँडीबाट लडेर नेत्रावती डबजाेङमा एकजनाकाे मृत्यु

  • Kandara Samachar

  • मङ्लबार, अशोज २१, २०८२

  • 182
    SHARES
सिँडीबाट लडेर नेत्रावती डबजाेङमा एकजनाकाे मृत्यु

धादिङ ।

उत्तरी धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ चौताराका बुद्धिबहादुर तामाङको घर नजिकै सिढीबाट लडेर ज्यान गएको छ ।

घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडी टाउकोमा गम्भीर चोट लागेका तामाङको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार लडेर घाइते भएका तामाङको धादिङ अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै तामाङको मृत्यु भएको हो। । स्थानीयहरूका अनुसार तामाङ पछाडि ढल्दा टाउको ढुंगामा ठोक्किएर गम्भीर चोट लागेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar