नीलकण्ठ नगरपालिकामा हृदय तथा श्वासप्रश्वास सम्बन्धि समस्या प्रमुख

नीलकण्ठ नगरपालिकामा हृदय तथा श्वासप्रश्वास सम्बन्धि समस्या प्रमुख

  • Kandara Samachar

  • सोमवार, भदौ ९, २०८२

  • 165
    SHARES
नीलकण्ठ नगरपालिकामा हृदय तथा श्वासप्रश्वास सम्बन्धि समस्या प्रमुख
oplus_0

धादिङ।

नीलकण्ठ नगरपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य रोगी (ओपीडी) सेवामा सर्वाधिक उपचारका लागि आएका बिरामीहरूमा हृदय तथा श्वासप्रश्वास सम्बन्धी समस्या प्रमुख देखिएको छ।

नगरप्रमुख भिम ढुंगानाकाे प्रमुख आतिथ्य मा भएकाे

वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार ७५ हजार ५६६ जना ओपीडी बिरामीमध्ये ७ हजार २५५ जना (९.६० प्रतिशत) हृदय तथा श्वासप्रश्वाससम्बन्धी समस्या र उच्च रक्तचापका कारण उपचारका लागि आएका थिए।

यसपछि सामान्य ज्वरो (८.०४ प्रतिशत), ग्यास्ट्राइटिस (६.९४ प्रतिशत), दीर्घकालीन श्वासप्रश्वास रोग (सीओपीडी) ५.७७ प्रतिशत र टाउको दुखाइ (३.९४ प्रतिशत) प्रमुख स्वास्थ्य समस्या रहेको पाइएको छ।

यस्तै, नाक-कान-घाँटी (ENT) रोगमध्ये राइनाइटिस (३.७२ प्रतिशत) र टन्सिल (२.५९ प्रतिशत), हाडजोर्नीसम्बन्धी ढाड दुखाइ (२.७६ प्रतिशत), काट्दा लागेको चोट (२.६४ प्रतिशत) र पेट दुखाइ (२.४४ प्रतिशत) पनि बढी देखिएका प्रमुख रोगहरूमा परेका छन्।

 

 

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar