पत्रकारका समस्या समाधानको लागि प्रदेश सरकार लाग्ने जेएन थपलियाकाे प्रतिवद्धता

पत्रकारका समस्या समाधानको लागि प्रदेश सरकार लाग्ने जेएन थपलियाकाे प्रतिवद्धता

  • Kandara Samachar

  • आइतवार, फाल्गुन ११, २०८१

  • 74
    SHARES
पत्रकारका समस्या समाधानको लागि प्रदेश सरकार लाग्ने जेएन थपलियाकाे प्रतिवद्धता

 

चितवन ।

नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले पत्रकारका समस्या समाधानको लागि प्रदेश सरकार लाग्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका थपलियाले सरकारको साझेदार दलको नेताको हैसियतले पत्रकारका समस्या समाधानको लागि छलफल गरेर समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘पत्रकारका समस्यामा बसेर घनिभूत छलफल गर्न हामी तयार छौँ, छलफल गरेर समस्या समाधान गरौँ’, उहाँले भन्नुभयो ।

पत्रकारिता क्षेत्र प्रविधिको विकाससँगै धेरै अघि बढेको बताउनुभयो । पत्रकारिता क्षेत्रलाई समृद्ध बनाउन प्रेस चौतारी नेपालका पूर्वजहरूको ठुलो योगदान रहेको थपलियाले स्मरण गर्नुभयो ।

अहिले असल कुरालाई पनि खराब प्रमाणित गर्नको लागि केही व्यक्तिहरूले प्रयत्न गरिरहेका उहाँले बताउनुभयो । पत्रकारिताको नाममा पनि यस्तो प्रवृत्ति देखिएको थपलियाले बताउनुभयो । ‘देशलाई बरबाद बनाउने काम नेपथ्यबाट भइरहेका छन्’, उहाँले भन्नुभयो ।

हिजो असफल भएकाहरू आव हामी चुप लागेर बस्न सक्दैनौ भनेर आएका भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘आफ्ना सन्तानलाई बचाउन नसक्ने पूर्वराजा ज्ञानेन्द्रको हुङ्कार त्यतिकै आएको छैन, हामी सबै चेत हुनुपर्छ’, थपलियाले भन्नुभयो ।

नेपाली समाजको समस्या समाधानको लागि पत्रकारको महत्त्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । आज एमाले र एमाले अध्यक्ष केपी ओली माथि एमाले र समाजलाई कमजोर बनाउन आक्रमण भइरहेको बताउँदै त्यसलाई जोगाउन पनि उहाँले प्रेस चौतारीलाई आह्वान गर्नुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar