
धादिङ ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारी लहरेपाखा सामुदायिक बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ ।
बनभोज खान जानेले लापर्वाही गरेर कसरी डढेलो लाग्छ र मानिसको घर गोठ जलेर क्षति पुर्याँछ तथा यसलाई कसरी संयुक्त रुपमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने स्पष्ट हुनेगरि बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।
डढेलो लाग्दा सरकारका निकाय बीचको समन्वय र सहकार्यले बनडढेलो तथा आगलागी नियन्त्रण गर्न सकिने उदाहरण कृत्रिम घटना अभ्यासको क्रममा जानकारी दिइएको थियो ।
जंगलमा लागेको आगो नियन्त्रणमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी , नेपाली सेना, स्थानीय उपभोक्ता, स्थानीय सरकार, डिभिजन बन कार्यालय लगायतका निकायले समन्वय गरेर नियन्त्रण गर्ने संयुक्त कृत्रिम अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल आश्रित गूल्म धादिङबेसीका प्रहरी नायव उपरिक्षक लक्ष्मी थपलियाले बताउनुभयो । े ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमाल, डिभिजन बन अधिकृत विष्णु आचार्य, नेपाल रेडक्रस सोसाइटीका सभापति दुर्लभ तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।