पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

  • Kandara Samachar

  • आइतवार, माघ ६, २०८१

  • 14
    SHARES
पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

धादिङ । 

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप यहि माघ २२ गते देखी धादिङमा सञ्चालन हुने भएको छ ।

आइतबार जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण जिल्ला खोप समन्वय समितिको बैठकले माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एच.पि.भि खोप अभियानमा सहभागी हुन सम्बन्धितहरुलाई आग्रह गरेको छ ।

जनस्वास्थ्य कार्यलय धादिङमा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरका कक्षा ६ देखी १० सम्मका र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप लगाइने जानकारी दिइयो ।

 एच.पि.भि खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो । डव्लु.एचओ.आई.पि.डि का डक्टर डा. सस्मिता बास्तोलाका अनुसार प्रजनन् उमेर सुरु हुनु अगावै एच.पि.भि खोप दिएमा किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने र खोप लगाएपछि यो रोगबाट उन्मुक्ति मिल्ने बताउनु भयो ।

मिन्सुरेशन भएको बेला सामान्य रुघाखोकी ज्वरो आएको बेला लगाउन मिल्छ । यो खोपले टाउको दुख्ने, सामान्य ज्वरो आउने, जिउ दुख्ने, रिंगटा लाग्ने, माशंपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्छ तर यसबाट नआतिइ  खोप अभियानमा सहभागि हुन डा.बास्तोलाले अनुरोध गर्नु भएको छ । अन्य खोप लगाउदा गम्भीर एलर्जी भएका र गर्भवती किशोरीले भने यो खोप नलगाउन डा. बास्तोलाको सुझाव छ । नेपालमा वि.स.ं २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्ने लक्ष अनुसार एच.पि.भि खोप अभियान सञ्चालन गर्ने आगामी वर्षदेखी कक्षा ६ का विद्यार्थीहरुका लागि नियमित खोपमा समावेश गर्ने पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रिनिङ गर्ने योजना नेपाल सरकारले ल्याएको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिनुभयो ।

धादिङ जिल्लाका २ सय  ४० विद्यालय खोप केन्द्र, ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र मार्फत कक्षा ६ देखी १० सम्मका १३ हजार ७९ जना र विद्यालय बाहिर रहेका ८ सय ९४ जना यो खोपमा समावेश हुने पोखरेलको भनाई छ ।

धादिङ जिल्लामा माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, खनियावास, रुविभ्याली, नेत्रावति, सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा फागुन १ गतेदेखी ५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar