आगामी निर्वाचनसम्म यहि गठबन्धन : काँग्रेस नेता निधि

आगामी निर्वाचनसम्म यहि गठबन्धन : काँग्रेस नेता निधि

  • Kandara Samachar

  • बुधबार, माघ २, २०८१

  • 100
    SHARES
आगामी निर्वाचनसम्म यहि गठबन्धन : काँग्रेस नेता निधि

धादिङ

आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धन कायम रहने एमाले काँग्रेस मिलेर जनताकाे काम गर्ने  नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे ।

कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति नेपाली कांग्रेस असन्तुष्ट नरहेको भन्दै निधिले आगामी निर्वाचसम्म यहि गठबन्धन कायम रहने बताउभयो ।

सरकार निर्माण अघि नै आलोपालो सरकार चलाउने सहमति अनुरुप साढे दुई वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने स्पष्ट पार्नुभयो ।

धादिङको गजुरीमा पत्रकारहरुसंग कुरा गर्दै नेता निधिले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा आफुसहित शसांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पुर्ण बहादुर खड्कालगायतका नेताहरुसंग छलफल गरि एकमात्र उम्मेद्वार बनाइने बताउनुभयो । ुपार्टीको विधानतस् शेरबहादुर देउवा सभापतिको उम्मेदवार बन्न मिल्दैन । त्यसैले बिचार मिल्ने हामीहरु मध्येबाट सल्लाह गरेर एकजना मात्र उम्मेद्वार बन्नेछु, निधिले भन्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar