गल्छीको क्याम्पस भवन निजि विद्यालयलाई भाडामा दिएको बिरुद्ध परेको रिट खारेज

गल्छीको क्याम्पस भवन निजि विद्यालयलाई भाडामा दिएको बिरुद्ध परेको रिट खारेज

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 173
    SHARES
गल्छीको क्याम्पस भवन निजि विद्यालयलाई भाडामा दिएको बिरुद्ध परेको रिट खारेज

धादिङ ।

सरकारी लगानीमा बनेको सामुदायिक क्याम्पसको भवनको उपयुक्त कसिमले प्रयोग र क्याम्पसको नियमित आय श्रोतका लागि नीजि विद्यालय संचालन गर्न भाडामा दिएको विषयमा परेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित गल्छीमा रहेको नमूना वागेश्वरी क्याम्पसको भवन निजी बिद्यालय द राइजिङ भिजेज बोर्डिङ स्कूल सञ्चालन गर्न भाडामा दिएपछि यसका विरुद्ध रिट परेको थियो ।
क्याम्पसले आफ्नो पठनपाठन नरोकी आफ्नो भवन दिन पाउने आदेश उच्च अदालतका न्यायधिशद्धय मुनेन्द्रप्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले गर्दै क्याम्पस बिरुद्ध दायर भएको रिट खारेज गरिदिनुभएको छ ।
राजमार्ग विस्तारका कारण बिद्यालय रहेको ठाउँमा पठन पाठनमा अवरोध आउने भएपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी वजारमा रहेको दि राईजिङ भिलेज आवासीय माविले २०८० मंसिर १० गते ५ बर्षका लागि नमूना वागेश्वरी क्याम्पसको भवन भाडामा लिएको थियो ।
क्याम्पसको भवन निजी विद्यालयलाई भाडामा दिएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै गल्छी गाउँपालिका वडा नम्बर ३ का विबेक आचार्यले २०८१ कात्तिक १४ गते उच्च अदालत पाटनमा सम्झौता खारेजीको माग गर्दै रिट हाल्नुभएको थियो ।
आचार्यले क्याम्पस संचालक समिति अध्यक्ष रेशमराज खतिवडा, तत्कालिन क्याम्पस प्रमुख वलराम खतिवडा, दि राईजिङ भिलेज आवासिय मावि, गल्छी गाउँपालिका, त्रिभुवन विश्व विद्यालय र शिक्षा मन्त्रालयलाई समेत विपक्षी बनाएर रिट दर्ता गर्नुभएको थियो ।
आचार्यको रिट माथि सुनुवाई गर्दै न्यायधिश टंकप्रसाद गुरुङ र कैलाशप्रसाद सुवेदीको इजलासले २०८१ कात्तिक ३० गते अन्तरिम आदेश गर्नु नपर्ने फैसला गरेको थियो ।

राईजिङ भिजेलले बार्षिक बार्षिक ६ लाख २४ हजार भाडा तिर्ने गरी क्याम्पसको २६ मध्ये २३ वटा कोठा भाडामा लिएको छ । भवन भाडामा लिने दिने बिषयमा २०८० मंसिर १० गते क्याम्पस प्रशासन र राईजिङ भिजेल बिद्यालय बिच लिखित सहमती भएको थियो ।
भवनमा क्याम्पसको पठनपाठन बिहान ६ वजे देखि १० वजे सम्म संचालन गर्ने र १० वजे पछि विद्यालयको पढाई हुने सहमती भएको र सोही अनुसार संचालन भईरहेको क्याम्पस संचालक समितिका अध्यक्ष रेशमराज खतिवडाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar