एड्भान्स र चिल्ड्रेनपार्कका शिक्षककाे उत्कृष्ट नृत्य

एड्भान्स र चिल्ड्रेनपार्कका शिक्षककाे उत्कृष्ट नृत्य

  • Kandara Samachar

  • बुधबार, पुस २४, २०८१

  • 21
    SHARES
एड्भान्स र चिल्ड्रेनपार्कका शिक्षककाे उत्कृष्ट नृत्य

एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क आवासीय माविका  शिक्षककाे नृत्य उत्कृष्ट भई प्रथम स्थान हासिल गरेकाे छ ।

धादिङबेशीमा भएको जिल्ला स्तरीय नीजि विद्यालयका शिक्षकहरुकाे लोक नृत्य प्रतियोगितामा  एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय प्रथम भएका हुन् ।

 बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दिवस तथा ११ औँ जिल्ला अधिवेशनको अवसरमा प्याब्सनले प्रतियोगिता आयाेजना गरेकाे थियाे ।

 प्याब्सन धादिङका अनुसार दुबै विद्यालयले समान १७४/१७४ अंक ल्याए पछि दुबैलाई प्रथम बनाईएको हो ।

प्रतियोगितमा रोजमेरी चाईल्ड केयर बोर्डिङ स्कुल द्वितीय, आधारशिला पाठशाला तृतीय भएको छ भने मुनाल एकेडेमी, सल्यानटार बालविकास र त्रिपुरेश्वर बोर्डिङ स्कुल सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना भएका विद्यालयलाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा प्याब्सनमा आवद्ध ७ विद्यालय सहभागी थिए ।

विजेता विद्यालय र शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रिय उपाध्यक्ष किशोर कुमार गौतम, उपाध्यक्ष थकिन कुमार गुरुङ, प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो । प्याब्सन जिल्ला अध्यक्ष बिनाेदमान श्रेष्ठको अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा  नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित अध्यक्ष सीताराम अधिकारी सहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै एसइइ, कक्षा १२ लगाएतका परिक्षामा उत्कृष्ट जिपिए ल्याउने बिद्यालय, विद्याथीलाई सम्मान गरिएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar