गणेशहिमाल बेसक्याम्प नजिक २ बिरामी सहित १६ जना फसे, उद्धारकाे प्रयास विफल,

गणेशहिमाल बेसक्याम्प नजिक २ बिरामी सहित १६ जना फसे, उद्धारकाे प्रयास विफल,

  • Kandara Samachar

  • बिहिबार, कार्तिक २९, २०८१

  • 166
    SHARES
गणेशहिमाल बेसक्याम्प नजिक २ बिरामी सहित १६ जना फसे, उद्धारकाे प्रयास विफल,

धादिङ ।

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव माैसमका कारण विरामी नलिई फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प नजिक फसेकाहरुलाई उद्दार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटक पटक ल्याण्ड गर्ने प्रयास गरेपनि खराब मौसम र संचार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।
पर्या पर्यटनकाे प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय, रुबीभ्याली गाउँ पालिकाकाे २७ जनाकाे टाेली रुबीभ्यालीकाे पाङ्साङ पास हुँदै साे क्षेत्रकाे भ्रमण गर्न पुगेकाे थियाे ।
ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेस क्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना बिरामी परेका छन् ।  संगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका-४ हिन्दुङ नजिकै आइपुगेकाे र उनिहरुलाई बचाउनु प्राथमिकता रहेकाे १४ घण्टा हिडेर हिन्दुङ पुग्नुभएका पत्रकार मिलन तिमल्सिनाले जानकारी दिनुभयाे ।
पर्यापर्यटन प्रवर्द्वनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राती त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिचुटका कारण बिरामी परेका थिए ।
त्यस स्थान नजिक मानव वस्ती नभएको र संचार सम्पर्क नभएपछि बुधबार बिहानदेखि छ घण्टा हिडेर संचार सम्पर्कमा आएको ट्रेकिङमा रहनुभएका पत्रकार तिमिल्सिनाले बताउनुभएको छ ।

‘फसेको ठाउँ बेस क्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दुरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राती त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौं’, तिमल्सिनाले भन्नुभयो । ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उहाँले जानकारी दिनुभयो ।
कात्तिक २२ गते वन क्षेत्रकाे अध्यायन अनुसन्धान गरि संरक्षण क्षेत्र घाेषणाकाे लागि गएकाे टाेलीमध्ये १६ जना फसेकाे जसमध्ये २ जना विरामी परेर गृहमन्त्रालयबाट पहल गरि नेपाली सेनाको हेलिकप्टरबाट दिनभर प्रयास गर्दा खराब माैसमले गर्दा नसकेकाे प्रमुख जिला अधिकारी सुमन घिमिरेले पत्रकारहरुलाई जानकारी दिनुभएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar