धादिङ ।
फुलपाटीकाे अबसरमा विजुलि बत्ती मर्मत गर्न लाग्दा बिहीबार करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
सिद्धलेक गाउँ पालिका वडा नम्बर ५ माईमखाेला निवासी ३१ वर्षीय सानू पाैडेलकाे करेन्ट लागेर उपचारका लागि लाँदै गर्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयाे । घरमा करेन्ट लागेपछि मलेखु अस्पताल लगिएकाे थियाे मलेखुबाट काठमाडौ लानेक्रममा मृत्यु भएकाे हाे ।