सहकारीकाे समस्या र चुनाैती केलाउँदै अनेमसंघ

सहकारीकाे समस्या र चुनाैती केलाउँदै अनेमसंघ

  • Kandara Samachar

  • शनिबार, अशोज ५, २०८१

  • 188
    SHARES
सहकारीकाे समस्या र  चुनाैती केलाउँदै अनेमसंघ

नानु कार्की /धादिङ ।

अनेमसंघले सहकारीको वर्तमान समस्या र चुनौती विषयमा सहकारीकर्मीसंग छलफल र अन्तरक्रिया गर्दै सहकारीबारे जानकारी लिदै गरेकाे छ ।
अनेमसंघ केन्द्रीय कमिटिले सहकारी तथा आर्थिक शशक्तिकरण अभियान कमिटि नै बनाएर सहकारीकाे समस्या चुनाैतीबारे छलफल चलाउन थालेकाे हाे ।
समुद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान नारासहित बागमती प्रदेशकाे छलफल कार्यक्रम धादिङबेसीमा शनिबार सम्पन्न भएको छ ।
अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्लाभरका ६० भन्दा बढी सहकारी कर्मिहरु सहभागी भएकाे नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले बताउनुभयाे ।
सहकारीका सेयर सदस्यका कारण र संचालक तथा सेयर सदस्यले ऋण नतिर्ने, अवैधानिक निर्णयहरु गरेर समस्या आएकाे छ भने गलत हिसाब राखेर पनि समस्या आउने गरेकाे बताएको छ ।
पार्वती खाँण राईकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि शर्मिला कार्कीले सहकारीले समृद्धिका लागि लाग्ने याेजना बनाउनुपर्ने बताउनुभयाे ।
नेकपा एमाले सहकारी विभागका प्रमुख ओमदेवी मल्ल , सहकारी अभियानका सचिव कल्पना श्रेष्ठ , नेकपा एमाले जिल्ला सचिव राधिका सापकाेटा लगायतले सहकारीले आर्थिक रुपमा जनतालाई सुखी र समृद्ध बनाउने बताउनुभयाे ।
अनेमसंघले देशब्यापी अभियानकाे रुपमा संचालन गरिरहेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar