संविधान दिवसकाे राैनक, प्रभातफेरी र संविधानमाथी प्रवचन

संविधान दिवसकाे राैनक, प्रभातफेरी र संविधानमाथी प्रवचन

  • Kandara Samachar

  • शुक्रबार, अशोज ४, २०८१

  • 49
    SHARES
संविधान दिवसकाे राैनक, प्रभातफेरी र संविधानमाथी प्रवचन

धादिङ ।

संविधान दिवसको अबसरमा धादिङबेसीमा प्रभातफेरी र संविधानमाथी प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय, नागरिक समाज सहभागि प्रभातफेरी धादिङबेसी पुछारबाजारबाट सुरु भएर सिरानबजार हुँदै जिल्ला समन्वय समितिमा पुगेर प्रचन कार्यक्रममा परिणत भएको थियो ।
प्रवचन कार्यक्रमलाई जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, नेकपा एमालेका जिल्ला सचिव राधिका सापकोटा, नेकपा एसका नारायण बहादुर कार्की लगायतले सम्बोधन गर्दै संविधान ल्याउन गरियाएको जनआन्दोलन र जनताको योगदानको चर्चा गर्दै संविधानमा भएका मौलिक हक जनताको अधिकार भएको उल्लेख गरिएको थियो ।
सरकारी कार्यक्रममा नागरिकहरु, खेलाडीहरु, सुरक्षाकर्मी, समूह तथा संघसंस्था अ:भव्य सहभागिता र झाँकी प्रदर्शन गरिएकाे थियाे ।
शशस्त्र प्रहरीले प्रस्तुत गरेकाे देशभक्तीपुर्ण नृत्य सबैकाे आकर्षण थियाे ।
साेहि अबसरमा गरिएकाे रक्तदान कार्यक्रममा १८ जनाले रक्त्तदान गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar