सवारी चालकले गरे सुरक्षित यात्राकाे प्रतिवद्धता, (प्रतिवद्धता समेत)

सवारी चालकले गरे सुरक्षित यात्राकाे प्रतिवद्धता, (प्रतिवद्धता समेत)

  • Kandara Samachar

  • शुक्रबार, अशोज ४, २०८१

  • 78
    SHARES
सवारी चालकले गरे सुरक्षित यात्राकाे प्रतिवद्धता, (प्रतिवद्धता समेत)

धादिङ ।

धादिङका सवारी चालकहरुले चाडबाडको समयमा ५ ओटा प्रतिवद्धता व्यक्त गर्दै सवारी साधन र यात्रु सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको संयोजन र धादिङ मण्डली यातायात प्रालि.को समन्वयमा सभएको चाडबाड लक्षित सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालक प्रतिवद्धता कार्यक्रमको उद्घाटन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै सवारी साधनमा पाँचबुँधे प्रतिवद्धतापत्र स्टीकर टासेर सुरुवात गर्नुभएको थियो ।
धादिङबेसीको पुछारबजारमा सवारी चालक, सहचालक ट्रफिक प्रहरी, नेपाल प्रहरी लगायतको सहभागितामा यातायात व्यवसायि धादिङ मण्डली यातायात प्रालि.का अध्यक्ष तुलसी अधिकारीले चालक तथा चालकको तर्फबाट गरिएको प्रतिवद्धता बाचन गर्दै सवारी चालकहरुले प्रतिवद्धता पालन गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले सवारी चालक र सहचालकले यात्रुहरुसंग राम्रो व्यवहार गर्न, बिस्तारै सवारी चलाउन लगायतका विाषयमा आफ्नो धारण राख्नुभएको थियो ।
यसअघि ट्राफिक प्रहरीले संविधान दिवसकाे अबसरमा सार्वजनिक सवारीमा राष्ट्रिय झण्डा समेत राखेकाे थियाे।

प्रतिवद्धता”

मेरो जिम्मामा रहेको सवारी साधन चलाउँदा निम्न सतर्कता अपनाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।

१. धेरै चाँडो र हतार गरेर सवारी चलाउने छैन्, जसबाट म तथा मेरा यात्रुलाई दुर्घटनाबाट बचाँउछु ।
२. जाँडरक्सी तथा नसालु पदार्थ सेवन गरी कहिल्यै सवारी चलाउने छैन् ।
३. ओभरटेक गर्दा सुरक्षित नभए सम्म गर्ने छैन् बरू ढिलो पुगेर केही हुदैन हतार गर्दा दुर्घटना हुन सक्छ ।
४. शारीरिक थकान अनिन्द्रा मानसिक तनाव तथा, भएको बेलामा सवारी साधन चलाउने छैन
५. गाडीको Conditions चेक जाँच गरी ठिक भए मात्र Road मा निकाल्छु र पूर्ण रूपमा ट्राफिक नियमको पालना गरेर मात्र सवारी चलाउनेछु ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar