जिल्ला अदालतबाट बलात्कारका दुई मुद्दा फैसला

जिल्ला अदालतबाट बलात्कारका दुई मुद्दा फैसला

  • Kandara Samachar

  • शुक्रबार, भदौ २८, २०८१

  • 106
    SHARES
जिल्ला अदालतबाट बलात्कारका दुई मुद्दा फैसला

धादिङ

जिल्ला अदालत धादिङले शुक्रबार २ ओटा बलात्कार सम्बन्धी मुद्दा फैसला गरेको छ ।
५७ वर्षीया महिला बलात्कार गरेको कसुरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुङलाई ७ वर्ष कैद गर्ने जिल्ला अदालतले फैसला गरेको छ ।
जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले कसुरदारलाई ७ वर्ष कैद गर्दै २ लाख रुपैयाँ जरिवाना गर्न तथा पीडितलाई सो जरिवानाको रकम क्षतिपूर्ति दिन पैसला गर्नुभएको छ ।
०७५ साउन २७ गते कसुरदारले महिलालाई बलात्कार गरेको भन्र्दै पीडित पक्षले ०७५ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउनुभएको थियो । सोही दिन जिल्ला अदालत धादिङमा पीडितको स्वास्थ्य परिक्षण भएको थियो । ०७५ पुस २४ गते जिल्ला अदालतदर्ता भएको मुद्दामा सम्लग्न चित्रबहादुर गुरुङ फरार भएकोले मुद्दा ०७६ कात्तिक २५ गते मुल्तबीमा राखिएको थियो ।
सर्वाेच्च अदालतले २ वर्ष पुराना मुद्दा बाँकी नराख्नु भन्ने आदेश र जिल्ला अदालतको पुराना मुद्दाको किनारा लगाउने निति अन्तरगत ०८० माघ १२ गते मुद्दा मुल्तबीबाट जगाइएको थियो । हालपनि कसुरदार फरार छन् ।
यसै गरि जिल्ला अदालतले शुक्रबार १४ वर्षीया बालिका बलात्कार प्रयास (जवरजस्ती करणी) गरेको कसुरमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का ५२ वर्षीय राजु श्रेष्ठलाई ९ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।
कसुरदार ठहरिएका श्रेष्ठबाट ३ लाख ५० हजार जरिवाना गर्ने र पीडितलाई १ लाख जरिवाना भराउन जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले फैसला गर्नुभएको छ । कसुरदारले ०८१ बैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरि जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता भइ कसुरदार पुरपक्षका लागि थुनामा थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar