मिसन ८४ का लागि एमाले एकढिक्का भएको नेताहरुको भनाइ

मिसन ८४ का लागि एमाले एकढिक्का भएको नेताहरुको भनाइ

  • Kandara Samachar

  • मङ्लबार, भदौ ४, २०८१

  • 223
    SHARES
मिसन ८४ का लागि एमाले एकढिक्का भएको नेताहरुको भनाइ

 

सीताराम अधिकारी, प्रविन रिजाल/धादिङ ।

  1. नेकपा एमालेका जिल्ला नेताहरुले एकमना एकताका साथ मिसन ०८४ सफल पार्ने बताउनुभएको छ ।
    नेकपा एमाले धादिङको चौथो बैठकको अबसरमा दुई तिर फर्केका नेताहरु एक भएको र अब एमाले एक ढिक्का भएको बताउनुभएको छ ।
    स्थानीय निर्वाचन र संसदिय निर्वाचनमा एमाले हार्नुको कारण एमाले आफैँमा भएको बेमेललाई मूख्य पराजय मानेर आत्म समिक्षा गरेका एमाले नेताहरुले आगामी दिनमा एकमता एकताका साथ अघि बढ्ने बताउनुभएको हो ।
    बैठकलाई mनेकपा एमाले स्थाइ कमिटि सदस्य तथा बागमति प्रदेश इन्चार्ज राजन भट्टराइले छलफल र संगठनात्मक सुदृढिकरणबाट एमाले एकतावद्ध भएको बताउनुभयो ।
    एमाले गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा आन्तरिसक बेमेलका कारण पराजय भोगेकोले आन्तरिक एकता सुदृढ बनाउने एमाले नेताहरुको संयुक्त भनाइले मिसन ०८४ मा कसैले पनि हराउन नसक्ने एमाले बन्ने बताउनुभयो । माओवादीसंगको सहकार्यले देश अघि बढ्न नसकेको, आर्थिक मन्दी बढेको र व्यापक निरासा बढेपछि नेपाली काँग्रेससंग सहकार्य गरेर देशलाई निकास दिन लागेको भट्टराइको भनाइ छ ।
    एमाले नेतृत्व सरकारको एक महिनामा आशा जगाउने केही काम सुरु भएको, राष्ट्रिय गौरबका योजना सम्पन्न गर्ने, शुशाससनका पहल गर्ने, विकासमा जनताले अनुभुति गर्न सक्ने कार्यक्रम ल्याउन लागेको भट्रटराइले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला इन्चार्ज धर्मदत्त देबकोटाले एमाले संगठनको रुपमा, कार्यक्रम र बिचारको दृष्टकोणले अब्बल भएकोले पार्टीमा आन्तरिक एकता सुदृढ गर्न सक्दा कसैले हराउन नसक्ने बताउनुभयो ।विदाइ हुँदेगर्दा केन्द्रीय सदस्य देवकोटाले धादिङमा पार्टी एक छ । विधि र थितिले अहिले यो सकारात्मक परिस्थिति सृजना भएको बताउनुभयाे ।
धादिङ जिला युनिभर्सिटी जस्तै रहेकाे बतनउदै
धादिङमा इमानदार, तत्पर, न्यायका निम्ति निरन्तर लाड्ने नेता कार्यकर्ताको जिल्लाको रुपमा महशुस गरेका देवकाेटाकाे भनाइ छ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले पार्टीका कार्यकर्ताहरुबीच भएको बेमेल र खलबलिएको आन्तरिक द्वन्द्व अब पार्टी सुदृढिकरणका लागि समापन भएको बतटाउनुभयो । अब पार्टी एकढिक्का भएको र आत्म समिक्षा गर्दै पार्टी एक भएको बताउनुभया।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नवौँ जिल्ला अधिवेशनबाट देखिएका तिक्तताहरुलाई बिर्सँदै धादिङमा पार्टी एक छ र एक भएर अघि बढ्ने सन्देश दिएको बताउनुभयो
जिल्ला इन्चार्ज लाेहनीले समस्या भएरै समाधानका बाटो खोजिएकाे, गुटबन्दीका कारण पार्टीको केही निर्णयहरु बदर समेत भएकाे उल्लेख गर्दै धादिङ जिल्लाकाे एमाले एक ढिक्का बनाएर अघि बढ्न सक्यौं भने मात्रै प्रतिस्पर्धी मुख्यगरी काँग्रेससंग जित हासिल हुने बताउनुभयाे ।
लाेहनीले दोश अरुलाई देखाएर आफू छलछाम गर्ने परिपाटी अन्त्य गरेर नया सोचका साथ अघि बढ्न आग्रह गर्दै पालिकासम्म हाम्रो विभाजन पुगेको अवस्थामा अब जित्नेहरुले फराकिलो मन देखाउने र हार्नेले तिक्ततालाई बिर्सेर अघि बढ्न अनुराेध गर्नुभयाे ।
केन्द्रीय सदस्य लाेहनीले भन्नुभयाे “मेरो तर्फबाट चित्त दुखाइ छ भने फिर्ता लिन्छु । अब धादिङको पार्टे नयाँ ढंगबाट अगाडि बढ्छ ।”
नेकपा एमाले केन्द्रीय सदस्य रेशम लामाले धादिङको उत्तरी क्षेत्र स्वर्ग जस्तो लागेकाे बताउँदै उतसाह लिएर पार्टी निर्माणकाे धेरै कुरा सिकेकाे बताउनुभयाे ।
कार्यक्रममा एमाले धादिङ एक छ भन्ने कुराको प्रमाण अध्यक्ष र इन्चार्जबीचको अंकमालले दिएको छ ।
धादिङबाट बिदाई भएर जानुहुने जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, धादिङ क्षेत्र नम्बर २ का इन्चार्ज केन्द्रीय सदस्य रेशम लामालाई प्रशंसापत्र दिएर विदाइ गरियो भने जिल्लामा आउनुभएका जिल्ला इज्चार्ज खेम लोहनीलाई स्वागत गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar