रिचेत गाउँमा पहिरो ५ घर बिस्थापित, २० घरलाई जोखिम

रिचेत गाउँमा पहिरो ५ घर बिस्थापित, २० घरलाई जोखिम

  • Kandara Samachar

  • सोमवार, असार ३२, २०८१

  • 110
    SHARES
रिचेत गाउँमा पहिरो ५ घर बिस्थापित, २० घरलाई जोखिम

धादिङ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् ।
एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो जान सुरु भएको हो । आइतबार राती गाउँतल पहिरो सुरु भएको र केही घर भत्किन थालेको स्थानीय सामाजिक कार्यकर्ता पूर्ण तामाङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
पहिरोले गुन्से तामाङ, जोकर तामाङ, नुर्वु लामा, साइली तामाङ र करु तामाङको शौचालय धारो भत्किसकेको छ भने उनि विस्थापित भएका छन् ।
गाउँमा २० घर रहेको र एक आपसमा जोडिएको घर भएको गाउँ भएकोले पहिरो सरुभएपछि गाउँनै जोखिममा परेको घटनास्थल पुगेर विस्थापितहरुलाई राख्न हयोग गर्नुभएका पूर्ण तामाङले जानकारी दिनुभयो ।
अहिले पनि पानी परिरहेको छ । केहीबेर रोकिने र पानी पर्ने भइरहेकोले गाउँमा पनि मानिसहरु डराइरहेका छन् । पहिरो लड्ने सम्भावना भएको साविकको रि गाविसमा पर्ने रिचेत, ताजिम्राङ लगायतका गाउँ पुग्न समेत कठिन अवस्था भएकोले गाउँ पुगेर अवस्थाबारे जानकारी दिने वडा अध्यक्ष बहादुरसिंह तामाङले बताउनुभयो ।
धादिङबेसीबाट करिब ४० किलोमिटर दुरीमा रहेको पहिरो प्रभावित क्षेत्रमा सवारीसाधन समेत पुग्न सक्ने अवस्था छैन भने गाउँपालिकाले समेत घटनाबारे अनविज्ञता जनाएको छ । लगातारको वर्षले गाउँपुग्ने सडक ठाउँठाउँमा पहिरो गएका कारण हिडेर जानु पर्ने अवस्था आएको छ ।
विस्थापितहरु छिमेकीको घरमा बसेका छन् भने गाउँनै जोखिम भएकोले गाउँबासीलाई राख्ने ठाउँमा त्रिपाल समेत व्यवस्था भएको छैन ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar