एमाले धादिङ अध्यक्ष पुन: भुमि त्रिपाठी निर्वाचित: उपाध्यक्ष र सचिवमा गाेरखाली र सापकाेटा विजयी

एमाले धादिङ अध्यक्ष पुन: भुमि त्रिपाठी निर्वाचित: उपाध्यक्ष र सचिवमा गाेरखाली र सापकाेटा विजयी

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन ३, २०८०

  • 224
    SHARES
एमाले धादिङ अध्यक्ष पुन: भुमि त्रिपाठी निर्वाचित: उपाध्यक्ष र सचिवमा गाेरखाली र सापकाेटा विजयी

धादिङ ।
नेकपा एमाले धादिङकाे अध्यक्षमा अधिवक्ता भुमि त्रिपाठी निर्वाचित हुनुभएकाे छ ।
नवाैँ जिल्ला अधिवेशनमा भएकाे निर्वाचन परिणाम अनुसार जम्मा खसेको ५४७ मतमध्ये त्रिपाठीले ३ सय ९ मत ल्याउनु भयाे भने उहाका प्रतिद्वन्दी डा. रामकुमार अधिकारीले २ सय ३८ मत ल्याउनुभएकाे थियाे ।
यस्तै पदाधिकारीमा पनि अध्यक्ष त्रिपाठीकै प्यानलका सबै निर्वाचित भएका छन्।
जसमा उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ(गोर्खाली) ले ३ सय १५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी राम कुमार आचार्यले २ सय ३२ मत पाउनुभयो।
सचिवमा राधिका सापकोटाले ३ सय ३८ मत पाउँदा उहाँको प्रतिस्पर्धी हरिराम लोहनीले २ सय ९ मत पाउनुभयो।
यसैगरी उपसचिवमा भक्त बहादुर लामिछानेले ३ सय ४८ मत पाउँदा उहाँको प्रतिस्पर्धी काजि श्रेष्ठले १ सय ९९ मत पाउनुभयो। उपसचिवमा उर्मिला रेग्मीले ३ सय ५१ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी खुपी कुमारी तामाङले १ सय ९६ मत पाउनुभयो।
जिल्ला सदरमुकाम धादिङबेशी स्थित मदन आश्रित स्मृति भवनमा भएको नवौँ जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । जिल्ला कमिटीको ५५ जना सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
निर्वाचित कमिटिलाई निर्वाचन कमिटी अध्यक्ष विश्वराज अधिकारी, अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, नेकपा एमाले जिल्ला ईन्चार्ज धर्मदत्त देबकाेटा, लगायतले शुभकामना दिनुभयाे ।
यता जिल्लामा पहिलाे पटक विद्युतीय भाेटिङ मेसिनबाट मातदान गरिएकाे हाे ।
मतदान गर्न सहज, मतगणना गर्न छिटाे, रद्ध हुने सम्भावना नभएकाे ईलेक्ट्रिक भाेटिङ मेसिनका प्राविधिक तथा संचालक लक्ष्मण रिमालले बताउनुभयाे ।
मतदानमा सहजता र मतदाता शिक्षा सहित मतदान भएकाे र १५ वटा मेसिनबाट मतदान भईरहेकाे नवाै जिल्ला अधिवेशन निर्वाचन अधिकृत अधिवक्ता विश्वराज अधिकारीले जानकारी दिनुभयाे ।
५ सय ७८ मतदाता रहेकाे धादिङकाे नेकपा एमालेकाे नवाैँ जिल्ला अधिवेशनमा १ सय ५ जनाकाे जिल्ला कमिटि र ७ जनाकाे लेखा कमिटिकाे निर्वाचन गर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar