जलारीको कुरा उठाएर सरकार त क्वीन्टलका क्वीन्टल सुन ल्याउन पो लागेको रहेछ ःएमाले उपमहासचिव ज्ञावाली

जलारीको कुरा उठाएर सरकार त क्वीन्टलका क्वीन्टल सुन ल्याउन पो लागेको रहेछ ःएमाले उपमहासचिव ज्ञावाली

  • कन्दरा समाचार

  • मङ्लबार, कार्तिक २१, २०८०

  • 156
    SHARES
जलारीको कुरा उठाएर सरकार त क्वीन्टलका क्वीन्टल सुन ल्याउन पो लागेको रहेछ ःएमाले  उपमहासचिव ज्ञावाली

झुलाघाट चुवा भन्ज्याङ पदयात्रा अभियानको पूर्व तयारीमा एमाले

धादिङ ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावालीले सरकार चिल आयो चिल आयो भनेर ध्यान जलारी तिर लगेर त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्र ल्याउन लागि परेको आरोप लगाउनुभएको छ ।
नेकपा एमालेले पुष्पलाल मध्य पहाडी लोकमार्गको बाटो हिड्द जागरण अभियान पूर्व तयारीको सन्दर्भमा सोमबार धादिङबेसी आइपुग्नु भएका ज्ञावालीले जलारी कुरा उठाएर सुन तस्करीमा लागेको आरोप लगाउनुभएको हो ।
एमाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञावालीले ललिता निवास जग्गा छानविन गर्दै जाँदा माधव नेपाल र बाबुराम भट्टराइ परेपछि रोकिएकोले जानकारी दिनुभयो ।
एमाले सरकारको बेला निर्माणको सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग र यसले पारेको आर्थिक, सामाजिक र राजनितिक प्रभावबारे अध्यायन गरि विकासको रणनिति बनाउन मध्यपहाडी लोमार्गमा विशेष जागरण अभियमान संचालन गर्न लागेको हो ।
पार्टी स्थापना ७५ वर्षको अबसर पारेर झुलाघाटदेखि चुवा झन्ज्यासम्म मंसिरको दोश्रो साताबाट सुरु गरिने अभियानमा यस क्षेत्रको भौगोलक अवस्था जनताले यसबाट कृषि पर्यटन, आदी क्षेत्रमा लिएको फाइदा र अबको विकास रणनिति बनाउन अभियान संचालन गर्न लागेको हो ।
दुरगामी महत्वको योजना मध्यपहाडी लोकार्गका १० नयाँ शहर बसाउने, उत्पादनसंग जनतालाई जोडाउने कुरा उठाएर सुरु गरेको थियो ।
विकास गाउँतिर पसिरहेको बेला मानिस देश छाडेर विदेश जाने लहर चुनौतिपूर्ण छ । यसलाई रोक्न पनि एमालेले काम गर्ने उहाँको भनाइ छ ।
विकास र बसाइ सराइको जिवचमा ग्याप भएको छ । उत्पादन वृद्धि गरेर, विकासको अवस्थामा गाउँमा किन बस्न सकेन भनेर पहाडका मानिसहरुसंग पत्यक्ष भेटेर निति बनाउन सकिनेगरि अभियान सुरु गर्न लागिएको र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली सहितको एमालेको केन्द्रीय टोली अभियानमा सहभागि हुने ज्ञावालीको भनाइ छ ।
जिल्ला जिल्लामा सभा गर्ने, जनताको प्रगति र उत्पादन तथा विकास आयोजनाहरु अवलोकन गर्ने, जनताको समस्याबारे टोलटोलमा छलफल गर्ने योजना रहेकोले पध्य पहाडी राजमार्ग क्षेत्रका जनतालाई सहभागि गराउन एमाले जिल्ला तहलाई तयारी गर्न समेत निर्दे गरिएको छ ।

तराइ मधेश फाष्ट ट्रयाकको भ्रमण गरेर तत्कालिन अवस्थामा एमालेले राष्ट्रिय निति बनाउन योगदान गरेको बताउँदै ज्ञावालीले बहुआयामिक संकट देशमा आएको छ । बाहिर हेर्दा सन्नाटा राष्ट्रिय हित एकदमै धरापमा छ । हालको सरकार एउटा देशप्रति बढी ढल्कने र नेपाली काँग्रेस ज भने पनि जे गरेपनि निरिह भएर सही थापेर बसीरहेको आरोप ज्ञावालीको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar