धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

  • Kandara Samachar

  • बिहिबार, अशोज ३, २०८१

  • 88
    SHARES
धादिङमा बजार अनुगमन, ३ पसललाई जरिवाना

धादिङ ।

जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलमा अनुगमन गर्दै ३ हाेटल तथा पसललाई जरिवाना गरेकाे छ
उपभोक्ताकाे गुनासाे, चाडपर्वकाे समयमा बजारमा धेरै सामान खरिद गर्ने, तथा उपभोक्ता ठगिने जाेखिमलाई ध्यानमा राखेर अनुगमन गरेकाे हाे ।
जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको; तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको जिल्ला अनुगमन समिति संयाेजक युवराज अर्यालले बताउनुभयाे ।
अनुगमनका क्रममा पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित होटल, पसल, कोल्ड स्टोर्स तथा सप्लायर्सहरूलाई जरिवानासमेत गरिएको छ । अनुगमनका क्रममा श्री न्यु नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई रु.२० हजार र होटेल राजधानी फास्टफुड एण्ड रेस्टुरेन्टलाई रु.५० हजार जरिवाना गरेकाे छ ।
अनुगमन समितिले म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ ।
यसैगरि अनुगमन समितिले धादिङबेसीकाे ५ ओटा खाद्यान्न पसलहरुकाे अनुगमन गरि १ पसललाई जरिवाना गरेकाे छ । सापकाेटा किराना पसललाई ५ हजार जरिवाना गरि म्याद गुज्रेकाे सामाग्रिहरु जफत गरेकाे छ ।
म्याद सकिएकाे सामाग्री विक्रि गरिरहेकाे, म्याद सकिएका खाद्यान्न सामाग्रि पसलमा राखेर विक्रि गरने, खराब खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेकाे छ ।
चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको छ ।
कारबाहीमा परेका होटलहरूले निर्धारित मूल्यभन्दा बढी रकम लिएको; सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो।
चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेकााे जिल्ला अनुगमन समितिका सदस्य सचिव मेघनाथ न्याैपानेले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar