ज्याला नपाएका १२ मजदुर दशैँकाे बेला धादिङबेसीमा अलपत्र

ज्याला नपाएका १२ मजदुर दशैँकाे बेला धादिङबेसीमा अलपत्र

  • Kandara Samachar

  • बुधबार, कार्तिक ५, २०८३

  • 42
    SHARES
ज्याला नपाएका  १२ मजदुर दशैँकाे बेला धादिङबेसीमा अलपत्र

 

धादिङ

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका १२ जना मजदुर ज्याला नपाउँदा दशैंमा घर जानबाट वञ्चित भएका छन्। पाँचदेखि छ महिनासम्म काम गर्दा पनि पारिश्रमिक नपाएपछि उनीहरू घर जाने भाडासमेत जुटाउन नसकी निर्माणस्थलमै बस्न बाध्य भएका हुन्।

पुल निर्माणमा संलग्न ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर तथा घरबाट पैसा मगाएर घर फर्किएका छन्। बाँकी १२ जना भने स्थानीयवासीले उपलब्ध गराएको खाद्यान्नको भरमा गुजारा चलाइरहेका छन्। उनीहरूले ठेकेदारले प्रतिव्यक्ति ३० हजार रुपैयाँभन्दा बढी ज्याला दिन बाँकी रहेको बताएका छन्।

मजदुरहरूले ज्याला भुक्तानी गरी घर फर्कने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। यता, निर्माण व्यवसायी राजन आले मगरले अधिकांश मजदुरलाई रकम दिएर घर पठाइएको र बाँकी मजदुरका लागि खाद्यान्नको व्यवस्था गरिएको दाबी गरेका छन्। पुल निर्माणको सम्झौता गरेका श्याम बुढाथोकीले भुक्तानी नदिँदा समस्या भएको उनको भनाइ छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले मजदुरलाई घर पठाउन पहल भइरहेको बताएकी छन्। तर, महिनौँसम्म काम गरेको ज्याला नपाएका मजदुरको बाँकी पारिश्रमिक भुक्तानी र घर फर्कने व्यवस्था अझै सुनिश्चित हुन सकेको छैन।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar