कृष्णभीरमा ट्र्याक जोडियो, सडक सम्याउने काम सुरु हुँदै

कृष्णभीरमा ट्र्याक जोडियो, सडक सम्याउने काम सुरु हुँदै

  • Kandara Samachar

  • शनिबार, भदौ २०, २०८३

  • 39
    SHARES
कृष्णभीरमा ट्र्याक जोडियो, सडक सम्याउने काम सुरु हुँदै

धादिङ ।

कृष्णभीरको पहिरो काटेर सडकको ट्र्याक जोडिएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा दुवैतर्फबाट एक्स्काभेटर लगाएर खोलिएको ट्र्याक शनिबार जोडिएको हो।

ट्र्याक जोडिएसँगै सडक खुलाउने काम थप अगाडि बढेको छ। अब सडकलाई आवश्यक उचाइमा ल्याउन र सतह मिलाउन ‘डाउन’ गर्ने काम सुरु गरिने भएको छ।

पहिरो हटाएर ट्र्याक जोडिए पनि तत्कालै राजमार्गमा यातायात सञ्चालन भने हुने छैन। सडक सम्याउने र आवश्यक मर्मतको काम पूरा गरेपछि मात्रै यातायात खुला गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध भएको थियो। सडक खुलाउने काममा दुवैतर्फबाट एक्स्काभेटर परिचालन गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar