पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो खसेर सडक नै बगाएपछि काठमाडौं–मुग्लिन सडकमार्ग पूर्णरूपमा प्रभावित भएको छ। पहिरोका कारण कृष्णभीर क्षेत्रमा मानिस हिँड्नसमेत कठिन अवस्था बनेपछि धादिङबेसीबाट काठमाडौं जाने यात्रुका लागि वैकल्पिक सडकको आवश्यकता झन् बढेको छ।
मुग्लिनतर्फबाट काठमाडौं जाने मुख्य सडक नै जोखिममा परेका बेला मुग्लिन–गोरखा बजार–आरुघाट–धादिङबेसी–सुनौला
त्यस्तै धादिङबेसी–सुनौलाबजार–फोस्रेटा
तर वैकल्पिक मार्ग पनि सहज छैन। शीतलबजार र परेवाभीर क्षेत्रमा पहिरो खसेर सडक प्रभावित भएको छ भने कृष्णभीरमा पहिरोले सडक नै बगाएको छ। लगातारको वर्षा र पहिरोका कारण सडकको अवस्था कमजोर बन्दै गएकाले यात्रुहरू जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ।
यसबीच मालवाहक सवारीका लागि कान्ति लोकपथ, १४ सिटभन्दा माथिका यात्रुवाहक सवारीका लागि त्रिभुवन राजपथ र १४ सिटभन्दा कमका यात्रुवाहक सवारीका लागि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्
यस्तो अवस्थामा धादिङबेसीलाई काठमाडौंसँग जोड्ने वैकल्पिक सडकको तत्काल मर्मत, पहिरो पन्छाउने तथा जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षाका उपाय अपनाउनुपर्ने देखिन्छ। विशेषगरी एम्बुलेन्स, खाद्यान्न, औषधि, इन्धन तथा अत्यावश्यक सेवाका सवारीलाई प्राथमिकता दिई वैकल्पिक मार्ग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ।
मुख्य राजमार्ग कहिले खुल्छ भन्ने निश्चित नभएको अवस्थामा धादिङबेसी–सुनौलाबजार–फोस्रेटा