धादिङमा म:म खाएर १२ जना विरामी, विरामी सम्पूर्ण उपचार गर्न अनुगमन समितिकाे म:म पसलेलाई निर्देशन

धादिङमा म:म खाएर १२ जना विरामी, विरामी सम्पूर्ण उपचार गर्न अनुगमन समितिकाे म:म पसलेलाई निर्देशन

  • Kandara Samachar

  • शुक्रबार, असार १९, २०८३

  • 101
    SHARES
धादिङमा म:म खाएर १२ जना विरामी, विरामी सम्पूर्ण उपचार गर्न अनुगमन समितिकाे म:म पसलेलाई निर्देशन

धादिङ

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिचबजारमा रहेकाे “नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” पसलमा म:म खाएर १२ जना मानिस बिरामी परेका छन् ।

पसलमा म:म खाएका मानिसहरु बिरामी परेपछि धादिङ अस्पतालमा उपचारका लागि पुर्याइएकाे थियाे । २ दिन अधि अस्पताल लगिएकामध्ये २ जनालाई साेहि दिन डिस्चार्ज गरियाे भने ६ जना अझै भर्ना गरेर उपचार गरिरहेकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक महासेठले जानकारी दिनुभयाे ।

“नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” हाेटलमा म:म खाएर मानिस विरामी परेकाे जानकारी पछि जिल्ला अनुगमन समितििले क्याफेकाे अनुगमन गरेकाे छ ।

हाेटलकाे सरसफाइ, तथा खानेकुराकाे सुद्धता कायम गर्न ७ दिनकाे म्याद दिइएको र सबै विरामीकाे सबै खर्च व्यहाेर्न निर्देशन दिइएको जिल्ला अनुगमन समितिका सदस्यसचिव तथा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीले बताउनुभयाे ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar