नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

  • Kandara Samachar

  • आइतवार, जेष्ठ ३, २०८३

  • 39
    SHARES
नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ

आफ्ने नगरक्षेत्रका सबै बालबालिकालाई खुप लगाएकाे सुनिश्चित गरेपछि धादिङको नीलकण्ठ नगरपालिकालाई ‘पूर्णखोप युक्त’ स्थानीय तह घोषणा गरिएको छ।

सबै खाेप लगाइएकाे बालबालिका अभिभावकलाई खाेप कार्ड वितरण गरेर कार्यक्रम उद्घाटन गरिएको थियाे ।

धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच खाेप सुनिश्चित पालिका घाेषणा गर्दै नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पूर्ण खाेप सुनिश्चिततार दिगाेपनाकाे याेजना गरि स्वास्थ पालिका बनाउन विभिन्न कार्यक्रम ल्याएकाे बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले नीलकण्ठ नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो काम गरिरहेको बताउनुभयो। केन्द्रीय स्तरको नेतृत्व नीलकण्ठले पाएको उल्लेख गर्दै उहाँले यहाँको विकास र कार्यशैली अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको धारणा राख्खुभयो। उहाँले पूर्णखोप युक्त नगर घोषणा भएकोमा खुसी व्यक्त कामना समेत दिनुभयो।

खोप अनुगमन समितिका पदाधिकारीहरूले स्थलगत अनुगमन र जिल्ला खाेप समन्वय समितिले

प्रमाणीकरण गरेपछि पूर्ण खाेप सुनिश्चित पालिका भएकाे हाे । यसवर्ष जिल्लामा पूर्ण खाेप सुनिश्चित गर्ने नीलकण्ठ नगरपालिका पहिलाे पालिका हाे ।

नगरभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ६७३ जना र १६ देखि २३ महिनासम्मका ६८५ जना गरी कुल १ हजार ३ सय ५८ जना बालबालिकाले राष्ट्रिय तालिका अनुसारका सबै खोप लगाएकाे स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताउनुभयाे । नीलकण्ठ नगरपालिकामा ३४ खेपकेन्द्रबाट ३४ जना तालिमप्राप्त स्वास्थ्यकर्मीले खाेप लगाएका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar