धादिङ ।
सामुदायिक विद्यामलयहरुको पाठ्यपुस्तक शैक्षिक सत्र सुरुभएको लामो समयसम्म पनि नआउने पुरानो समस्या चिर्दै धादिङमा यस वर्षपनि शैक्षिक सत्र सुनुहुनु अगावै पाठ्यपुस्तक आइपुगेको छ ।
पुस्तक तथा स्टेसनरी व्यवसायि संघ धादिङको पहलमा सामुहिक रुपमा पुस्तक जिल्लाभरलाई पुग्नेगरि ल्याइएको संघका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
केहीवर्षपहिला सम्म शैत्रिसत्र सुरुभएको आधा वर्ष वित्दापनि पुस्तक आउँदैन थियो । पुस्तक तथा स्टेसनरी व्यवसायिय संघको पहलमा धादिङमा सामुदायिक विद्यालयको पुस्तक एकद्वार प्रणालीबाट विक्रि गर्नेगरि एकैपटक ल्याउन थालिएपछि यसवर्ष सैक्षिक सत्रको पहिलो दिनमै विद्यार्थीलाई पुस्तक दिन सकिनेगरि व्यवसायिले व्यवस्थापन गरेको पुस्तक व्यवसायि तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।
धादिङमा ४ सय ७६ सामुदायिक विद्यालय लाई सहज रुपमा पुस्तक उपलब्ध गराउन पुस्तक तथा स्टेसनरी व्यवसायि संघ धादिङले विद्यालयले आवस्यकता अनुसारको पुस्तक माग गर्नेछन् । पुस्तक उपलब्ध गराएपछि नगद वा विद्यालयको तर्फबाट चेक उपलब्ध गराइनेगरि समयमै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने व्यवसायि संघले जनाएको छ ।
धादिङमा धादिङबेसी, धार्के, गजुरी, चरौँदी मा पुस्तक डिपो राखेर वितरणको लागि आइतबारबाट सुरु गरिएको छ । अहिले कक्षा १ देखि १० सम्माका नि:शुल्क वितरण गरिने ४१ हजार सेट पुस्तक आईपुगिसकेकाे छ ।
सम्बन्धित समाचार