लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित

  • Kandara Samachar

  • शनिबार, चैत्र २१, २०८२

  • 158
    SHARES
लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल निर्वाचित
oplus_2

धादिङ

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीकाे धादिङबेसीमा शनिवार सम्पन्न निर्वाचन कार्यक्रमबाट लायन्स वर्ष २०२६/२७ का लागि अध्यक्षमा लायन राजाराम रिजाल चयन हुनुभएको छ।

निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा लायन डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा लायन तारा रिजाल, सचिवमा लायन सुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै चयन हुनुभएको छ।

त्यसैगरी क्लब एड्मिनिस्ट्रेटरमा लायन मन्दिरा आचार्य, सहसचिवमा लायन डा. रेशम विक्रम सिन्जाली, क्लब डाइरेक्टरमा लायन डा. अशोक छत्कुली, सर्भिस चेयर पर्सनमा लायन राजेश गुरुङ तथा मार्केटिङ चेयर पर्सनमा लायन हरी बहादुर चयन हुनुभएको छ।

कार्यसमितिका सदस्यहरूमा पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राजकुमार ढुङ्गेल, रामबहादुर श्रेष्ठ, अशोक विक र मालती रसाइली रहनुभएको छ।

नवनिर्वाचित अध्यक्ष रिजालले क्लबलाई सामाजिक सेवामा अझ सक्रिय बनाउँदै समुदायमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथि जाेन १२ का अध्यक्ष लायन कृष्ण शिशिर ढकालले सामाजिक सेवामा निरन्तर लाग्न शुभकामना व्यक्त गर्नुभयाे ।

लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीका अध्यक्ष विक्रम विश्वकर्मा काे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, राटरी क्लव धादिङका अध्यक्ष  डा. राम रिजाल, लायन्स क्लब अफ भैरवीका  अध्यक्ष  बद्रि अधिकारी, अशाेक रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । 

लायन्स क्लबले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar