धादिङका नवप्रवेसी शिक्षकलाई तालिम

धादिङका नवप्रवेसी शिक्षकलाई तालिम

  • Kandara Samachar

  • बिहिबार, चैत्र १९, २०८२

  • 99
    SHARES
धादिङका नवप्रवेसी शिक्षकलाई तालिम

धादिङ ।
धादिङस्थित शिक्षा विकास तथा समन्वय इकाईद्वारा नवप्रवेशी शिक्षकहरूका लागि आयोजित सेवाप्रवेश तालिम सम्पन्न भएको छ।

तालिममा सहभागी शिक्षकहरूलाई विद्यालय शिक्षासँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरू, शिक्षक सेवा गठन, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा तथा अवकास सम्बन्धी प्रक्रियाबारे जानकारी गराइएको थियो। यसका साथै विद्यालय शिक्षाको मूल्याङ्कन पद्धति, शिक्षण–सिकाइका नवीनतम अभ्यास, नमुना क्रियाकलाप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग तथा सिकाइ प्लेटफर्महरूको उपयोगबारे पनि प्रस्तुतीकरण, अन्तर्क्रिया र अभ्यासमार्फत प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा शिक्षकहरूले प्रयोग गर्नुपर्ने एआई (कृत्रिम बुद्धिमत्ता) आधारित उपकरणहरूको प्रयोगबारे समेत व्यावहारिक जानकारी हासिल गरेका थिए। तालिम अवधिभर नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र रिजाल, आधारभूत शिक्षा सुधार परियोजना (जाइका)का जिल्ला संयोजक नवराज पाठक तथा नीलकण्ठ नगरपालिकाका इमिस स्रोत शिक्षक नारायण खत्रीले सहजीकरण गर्नुभएको थियो।

इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा सुवेदीले शिक्षकहरू समाजका अगुवा भएकाले शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विद्यालय शिक्षामा सकारात्मक परिवर्तन ल्याउन शिक्षकहरूलाई आग्रह गर्नुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar