धादिङका ५ हजार ४६ विद्यार्थीले एसइइ दिँदै

धादिङका ५ हजार ४६ विद्यार्थीले एसइइ दिँदै

  • Kandara Samachar

  • मङ्लबार, चैत्र १७, २०८२

  • 113
    SHARES
धादिङका ५ हजार ४६ विद्यार्थीले एसइइ दिँदै

धादिङ

यस वर्षको एसइइ परिक्षामा धादिङ जिल्लाबाट ५ हजार ४६ जना विद्यार्थी सहभागि हुनेभएका छन् ।

चैत १९ बाट सुरु हुने एसइइको तयारी पुरा गरि स्थानीय सुरक्षा निकाय समेत तयारी अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी चन्द्रिका मल्लले जानकारी दिनुभयो ।

धादिङमा २४ परिक्षा केन्द्रबाट सहभागि विद्यार्थीहरुमध्ये पुरक तर्फ ८ सय जना र नियमित तर्फ ४ हजार २ सय ४६ जनाले एसइइ दिनेछन् ।प्राविधिक तर्फ समेत धादिङमा १ सय ८२ जना विद्यार्थी सहभागि हुने जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल शर्मा सुवेदीले एसइइ परिक्षा सफ पार्न, स्वच्छ, शान्त र मर्यादित बनाउन शिक्षक  अभिभावक, विद्यार्थीहरुलाई आग्रह गर्दै केन्द्राध्यक्षहरुलाई परिक्षाको मर्यादा कायम गरि अझ राम्रो बनाउन आग्रह गर्नुभएको छ ।

केन्द्राध्यक्ष २४, सहायक केन्द्राध्यक्ष ३५ जना, नीरीक्षक २ सय ५३ जना तथा ३ सय ६० सुरक्षाकर्मी सहित ८ सय २५ जना जनशक्ति एसइइ परिक्षामा प्रत्यक्ष रुपमा  परिचालित हुने तयारी भएको सूचना अधिकारी मल्लेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar