✍️ सीताराम अधिकारी/धादिङ ।
निर्वाचन माहोल तातिएको समय भएपनि गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोबाट विस्थापित भएका २१ परिवारले भने त्रिपालमुनी रात कटाउन थालेको पाँचवर्ष बितिसक्दा पनि सरकारी आस्वासनबाहेक राहत पाउन सकेनन् ।
स्थानीय सरकार प्रदेश सरकारले काम गर्छु भने गरेनन् । अहिले चुनावमा उम्मेदवार भएका गजुरी गाउँपालिका घर भएका राजेन्द्र पाण्डेले त आफू मुख्यमन्त्री भएको बेला सबैको घर बनाउन काम गछू पनि भने । यसअघि साम्सद उठ्दा काम गर्छु भनेर भोट माँगे तर उहाँको आस्वासन आस्वासनमामात्र सिमत रह्रयो ।
उहाँमात्र होइन गजुरी गाउँपालिका नै घर भएका शालिकराम जमकट्टेल प्रदेश सरकारको मुख्य पदहरुमा पटक पटक पुग्नुभयो । विस्थापितहरुले आस्वासनमात्र पाए । जमकट्टेल अहिले पनि प्रदेश सभा सदस्य तथा पिक्षीदलका नेता हुनुहुन्छ ।
पटक पटक पदमा पुग्नुभएका पाण्डे भने निर्वाचनमा यहि मतदाताको मतबाट विजयी हुनुभयो । उनिहरुका लागि काम होइन चुनावको समयमा आस्वासन मात्र लिएर आउने गरेको र काम भने जनताका लागि नगरेको विस्थापितहरुको भनाइ छ ।
एमालेका भूमि त्रिपाठी पहिरो पीडितका लागि सम्सदमा समेत आवाज उठाएपनि उनिहरुको घरबास बन्न सकेन । अहिले जग्गा प्राप्तीका लागि पहल गरेकोले जग्गा प्राप्तीको अन्तिम चरणमा छ ।
नेपाली काँग्रेसका कृष्ण रिजाल, रास्वपाका आशिका तामाङले पहिरोबाट विस्थापितहरुका लागि अहिलेसम्म कुनै पहल नै गर्न सकेका छैनन् । चुनावको समयमा मतमाग्न भने उनिहरुको कार्यकर्ता विस्थापित बस्तीमा पुगेका छन् ।
२०७६ साल साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बारबिसेमा बस्दै आएका छन् । पाँच वर्षदेखि टेन्टमा रातदिन विताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । विस्थापित सुनमाया तामाङ भन्नुहुन्छ–‘धेरै पटक आश्वासन पाइयो, टेन्ट छोड्ने दिन कहिल्यै आएन ।’
चामबास बारबिसेका २१ घरपरिवारका ९२ जना पहिरोबाट प्रभावित छन् । सबैको व्यथा एकै छन् । कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । गत वर्ष मात्रै जिल्ला प्रशासन कार्यालयले फेरिदिएको टेन्टमा पनि अहिले चिसोका कारण बसिसक्नु छैन । ‘पछिल्लो केही दिन यता चिसो बेस्सरी बढेको छ । काखमा दुधे बच्चा च्यापेर घाम ताप्दै गर्नुभएकी सानुमाया तामाङ भन्नुहुन्छ–‘जाडोमा बच्चा र बृद्ध बचाउन सारै गाह््रो भयो, अब त हामीलाई नझुक्याउनु्, हाम्रो वासस्थानको व्यवस्था चाँडै गरिदिनुस् सरकार ।’
अस्थाई बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । सर्प, गड्यौला लगायतका जनावर टेन्टमैै पस्छ । टेन्ट र जस्तापाताबाट तपतपी चुहिएको शीतले ओछ्यान नै छर्लप्प भिज्छ । हिजोआज बृद्धबृद्धाहरुले आगो तापेरै साँझ विहान विताइरहेका छन् । यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । अहिले उम्मेदवार बनेकामध्ये केहीले हेरेका छन् । आस्वासन पनि दिएका छन् । तर, स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । आसैआसमा गुजारा गरिरहेका छन् विस्थापित पहिरो पीडितहरु ।
बस्तीका गरा कान्लाहरुमा परेको चिरा अहिले पनि उस्तै छ । धाँजाहरु पुरिएका छैनन्, झन बढ्दो छ । भुगर्भविद्ले पनि त्यो बस्तीमा पुनः बस्ती बसाउन मिल्दैन भनेका छन् । २१ परिवारका हरेक घरमा ६÷७ जना छन् । एउटा घरमा बच्चाहरु मात्रै २÷३ जना छन् । हिउँद र वर्खाको महिना जसोतसो कटाएपनि जाडो बढेसँगै उनीहरुको विचल्ली छ ।
बस्ती सारिदिने आश्वासन पाएका उनीहरु स्थानीय तह चुनावमा नेताकै पछि लागेर पनि हिँडे । तर अहिले त्यही नेताले पनि बस्ती स्थानान्तरण गराउन सकिरहेका छैनन् । स्थानीय चुनावअघिका आश्वासन पनि अहिले ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको छ । गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरु अहिले निराश भएका छन् । अहिले पुनः निर्वाचन आयो । पुनः आस्वासनका पोका आइरहेका छन् तर चिसो, हिउँदको हुरी बतासले भने उनिहरुलाई छाडेको छैन ।
विस्थापित भएसँगै खाद्यन्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरुमा खाद्यन्नको अभाव खड्किएको हो । पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराउदै आएको छ । तर दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्यौलमा छन् ।
२०७६ साउन ५ गतेको त्यो दिन । धनमाया तामाङ त्यो दिन सम्झदै आ“खाबाट आ“शु झार्छिन् । आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरी सहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो । घर, जमिन चिराचिरा पर्न थाल्यो । ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरुको भागाभाग हुन थाल्यो । त्यतिबेलै बस्ती छोडेकी धनमाया र उनका छिमेकीहरु आजसम्म फर्किएकै छैनन् ।
जब निर्वाचन आउाँ मतमाग्न आउने, विस्थापितलाई घर बनाइदिन्छु भन्नेहरुले निर्वाचित भएपछि पीडितहरुलाई बिर्सनेगरेको विस्थापितहरुको भनाइ छ ।
सम्बन्धित समाचार