जब नेतृत्वप्रति विस्वास लाग्छ: तब मतदाताले प्रश्न गर्छन्

जब नेतृत्वप्रति विस्वास लाग्छ: तब मतदाताले प्रश्न गर्छन्

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन ७, २०८२

  • 114
    SHARES
जब नेतृत्वप्रति विस्वास लाग्छ: तब मतदाताले प्रश्न गर्छन्

धादिङ
गाउँगाउँमा मत माग्न पुग्ने उम्मेदवारहरु सबैलाई मतदाताले प्रश्न राख्दैनन् ।
केही उम्मेदवारहरु गाउँमा वा मतदाताको घरमा पुग्दा ता मतदाताले “हस” भन्ने मात्र जवाफ दिन्छन् र वेवास्ता गर्छन भने आगामी दिनमा काम गर्न सक्दैन भने जस्तै ठानिरहेका हुन्छन् मतदाताले ।
उत्तरी धादिङको रुबीभ्याली, खनियाबास, गंगाजम्ना, नेत्रावती डबजोङ गाउँपालिकाका मतदाताले एमाले उम्मेदवार धनबहादुर घलेलाई सबैभन्दा बढी प्रश्न गरेका छन् ।
घले बाहेक अन्य उम्मेदवार आउँदा खासै चासो नदेखाएको र “हस्” भन्ने मात्र उत्तर दिइएको दृश्यहरु धेरै ठाउँमा देखियो ।
जब मतदातालाई काम गर्न भन्ने विस्वास लाग्छ तब मात्र नागरिकहरु आफ्नो गाउँमा आएका उम्मेदवारहरु समक्ष आफ्नो समस्या र गुनासाहरु राख्ने गर्दछन्
धनबहादुर घले साधारण ८/१० जना कार्यकर्ता लिएर गाउँमा मतदाता भेट्न र मत माग्न जाँदा गाउँबासीले स्वागत गर्दै समस्या र मागहरु राखेका छन् । २०७० मा निर्वाचित भएपछि घलेले उत्तरी धादिङको विकासका लागि गरेको पहलको सम्झना गर्दै रुबीभ्याली गाउँपालिका लापा र खादिङमा भव्य स्वागत त गरे । गित गाएर स्वागत गरे भने कतै मकै भुटेर खुवाएर स्वागत गरेका थिए ।
मतदाताभेटघाटमा ठेकीमा सगुन राखेर स्वागतमात्र गरेनन् संबिधानसभा सदस्य निर्वाचित भएको समयमा उत्तरी धादिङको पहुँचमार्ग निर्माण, पहुँच पुल निर्माण र पहुँचका लागि संचार समन्वय गर्नेगरि नेपाल टेलिकमसंगको सहकार्ययमा टेलिफोन नेटवर्क स्थापनाको लागि काम गरेजस्तै मतदाताले यसपटक पनि जिताउने अठोट व्यक्त गर्दै सडक पिच, पर्यटन विकास र प्रवर्धन, होमस्टे व्यवस्थापन, सार्वजनिक संरचना निर्माण, जोखिम बस्ती व्यवस्थापन र सहयोग, खानीजन्य र बनजन्य सामाग्री उत्खनन तथा बजारीकरण, खर्क व्यवस्थापन, उत्पादनको बजारसम्मको पहुँच आदी काम गर्न माग गरेका छन् ।
घलेलाई नागरिकका समस्या समाधान गर्न सक्नुहुन्छ ? नागरिकहरुको प्रश्नहरु गरिहे । स्वागतसंगै आशा व्यक्त गरे । तिप्लिङ, सेर्तुङ, लापा, खादिङ, चालिसगाउँ, कपुरगाउँ, लापचेत, कुप्चेत आदी गाउँका नागरिकले सडक पहुँचमार्ग देखि गाउँबासीको आम्दानीको विषयमा प्रश्न गरेका हुन् ।
प्रश्नभित्र आशा र भरोसा मिसिएको र विश्वास गर्नेलाई मात्र मतदाताले प्रश्न गर्ने र निर्वाचित भएपछि काम खोज्ने गरेको सेर्तुङका नरमान तामाङको भनाइ छ ।
घलेले आफू निति र कानून निर्माण गर्न जाने प्रतिनिधिसभा सदस्य उम्मेदवार भएपनि विकासमा पहल गर्ने, गाउँबासीका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar