गंगाजमुनामा नेपाली काँग्रेस उम्मेदवार रमेश धमला मतदाता भेटघाटमा

गंगाजमुनामा नेपाली काँग्रेस उम्मेदवार रमेश धमला मतदाता भेटघाटमा

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ४, २०८२

  • 29
    SHARES
गंगाजमुनामा नेपाली काँग्रेस उम्मेदवार रमेश धमला मतदाता भेटघाटमा

धादिङ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले चुनावी अभियानलाई तीव्रता दिएका छन्।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमअन्तर्गत धमलासहित समानुपातिक उम्मेदवार सेतेमान तामाङ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य दिलमान पाख्रिन, अग्रज नेता बासु तिमिल्सिना लगायत पार्टी पदाधिकारी तथा युवा नेताहरू यतिबेला गंगाजमुना गाउँपालिकाको विभिन्न वडामा सक्रिय रहेका छन्।

कार्यक्रमअन्तर्गत वडा नम्बर ६, ५, ४ र ३ का मतदातासँग महत्वपूर्ण भेटघाट तथा अन्तरसंवाद सम्पन्न भएको छ। भेटघाटका क्रममा स्थानीयवासीले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, कृषि तथा रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरू राखेका थिए।

उम्मेदवार धमलाले जनताका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै आफू निर्वाचित भए स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज वडा नम्बर १ र २ (साविक रि गाविस) का मतदातासँग भेटघाट, समस्या संकलन तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको प्रचार टोलीले जनाएको छ।

नेपाली कांग्रेसले प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिँदै चुनावी अभियानलाई गाउँ–गाउँमा विस्तार गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar