तिप्लिङकाे व्यवसायिक विकास र समृद्धिमा लागिपर्ने छु ः एमाले उम्मेदवार धनबहादुर घले

तिप्लिङकाे व्यवसायिक विकास र समृद्धिमा लागिपर्ने छु ः एमाले उम्मेदवार धनबहादुर घले

  • Kandara Samachar

  • सोमवार, फाल्गुन ४, २०८२

  • 37
    SHARES
तिप्लिङकाे व्यवसायिक विकास र समृद्धिमा लागिपर्ने छु ः एमाले उम्मेदवार धनबहादुर घले
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ
धादिङ २ का नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले उत्तरी धादिङको तिप्लिङको विकासमा लागि पर्ने बताउनुभएको छ ।
संबिधासभाका सदस्य निर्वाचित भएको समयमा तिप्लिङको विकास समृद्धिका लागि पहल गर्दै टेलिकम टावर राखेर संचार क्षेत्रको सुविधाका लागि काम गरेको, सडक निर्माण र सामुदायिक विकास तथा एकिकृत विकासका लागि पहल गरेको उल्लेख गर्नुभयो ।
मतदाताभेटघाटमा तिप्लिङ पुग्नुभएका एमाले उम्मेदवार घलेलाई तिप्लिङमा स्थानीय तामाङ संस्कृति अनुसार स्वागत गरेका छन् ।
तिप्लिङ र रुबीभ्याली क्षेत्रको विकास भनेको पर्यटन, जडिबुडी विकास र यसलाई कानूनी बाधा हटाएर नितिगत रुपमा आम्दानी गर्न सक्ने बनाउने, चौँरी र भेडीखर्कको विकासका लागि स्पष्ट निति र कानून बनाएर विकासमा योगदान गर्ने बताउनुभएको छ ।
तिप्लिङ ठूलोगाउँ, लब्दुङ, लगायतका स्थानहरुमा मतदाताभेटघाट गर्दै समस्या र गुनासो तथा सुभाल संकलनमा एमाले उम्मेदवार धनबहादुर घले रुबीभ्याली एकिकृत विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar