सिद्धलेकमा एमाले उम्मेदवार भुमि त्रिपाठीको प्रतिवद्धता

सिद्धलेकमा एमाले उम्मेदवार भुमि त्रिपाठीको प्रतिवद्धता

  • Kandara Samachar

  • शुक्रबार, माघ २४, २०८२

  • 112
    SHARES
सिद्धलेकमा एमाले उम्मेदवार भुमि त्रिपाठीको प्रतिवद्धता

धादिङ
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठी शुक्रबार सिद्धलेक गाउँपालिका वडा नम्बर २ र ३ वडाका मतदातासंग भेटघाट गर्नुभएको छ ।
सिद्धलेक गाउँपालिका हात्तीसुँडा, पात्ले, फाले, झर्लाङदी, आप्री, थालडाँडामा मतदातासंग भेटघाट गर्दै गाउँपालिका क्षेत्रमा आफूले निति निर्माण संगै विकासका काममा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर ३ बुढी गण्डकी जलासययुक्त जलविद्युत परियोजना डुबान क्षेत्र भएकोले स्थानीले पुनरबासको व्यवस्थापनको माग गरेका छन् । एमाले उम्मेदवार त्रिपाठीले जलविद्युत परियोजनाले विस्थापित बनाएका परिवारको उचित पुनरबासको लागि निति बनाएर पहल गर्ने बताउनुभयो । यसैगरि खानेपानीमा नागरिकले विद्युत महशुल महंगो तिर्नुपरेकोले सरकारले सहिुलियत गर्न पहल गर्ने, वडा नम्बर ३ मा रहेको अस्पताल स्वास्थ्यकर्मी र सामाग्री सहित सेवा संचालनका लागि पहल गर्ने, गौरबको परियोजना बुढीगण्डकी जलासययुक्त जलविद्युत परियोजना निर्माण सुचारु गर्न लागि पर्ने, जनताको ावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मतदाताभेटघाट कार्यक्रममा एमाले नेता कृष्ण अर्याल, प्रेमनाथ सिलवाल, नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलिया लगायतका एमाले नेताहरु सहभागि हुनुभएको छ । उम्मेदवारले टोलहरुमा पुगेर नागरिकको बाचा पुरा गर्ने र जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, सडकमा काम गर्ने बताउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar