धादिङ ।
जिल्ला समन्वय समिति धादिङको नवौ जिल्ला सभा सम्पन्न भएको छ ।
बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो ।
जिल्ला सभाकाे उद्घाटन गर्दै मन्त्री अधिकारीले संघले नीति बनाउने, प्रदेशले विकासका याेजना सहित कार्यक्रम गर्ने स्थानीय सरकारले नागरिककाे लागि विकास र समृद्धि कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे ।
उहाँले निवेदनमा ताेक लगाएर याेजना बनाउने नभइ याेजना निर्माण गरि त्यसका आधारमा कार्यक्रम गर्ने प्रणालीमा जानू पर्ने बताउनुभयाे ।
कार्यक्रममा समन्वय समिति प्रमुख नवराज अधिकारीले पेश गर्नुभएकोे हालसम्म सम्पादित कार्यहरु तथा निति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ ।
सभामा आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजाअनुसार देशभरका नगरपालिकामध्ये प्रथम स्थान हासिल गरेको नीलकण्ठ नगरपालिका तथा गाउँपालिकामध्ये प्रथम स्थान प्राप्त गरेको बेनीघाट रोराङ गाउँपालिकालाई सम्मान गरिएको छ।
यस्तै बालमैत्री वडा घोषणा भएका गल्छी गाउँपालिका–१, २ र ७ लाई विशेष सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा माध्यामिक शिक्षा एसइइमा शतप्रतिशत नतिजा ल्याउन सफल १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरिएको छ ।
त्यसैगरी माध्यामिक शिक्षा उत्तिर्ण परिक्षा कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउन सफल ३ वटा विद्यालयलाई सम्मान गरिएको थियो । जिल्ला सभा उद्घाटन समाराेह
बागमती प्रदेश सभा सदस्य एंव पुर्व मुख्यमन्त्री शालिकराम जम्कटट्टेल, बागमति प्रदेशसभा सदस्य गोविन्द लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, थाक्रे गाउँ पालिका अध्यक्ष तथा नगरपालिकासंघका सचिव रामकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले शुभकामना व्यक्त गर्नुभयाे ।