नीलकण्ठ -४ काे नि:शुल्क स्वास्थ्य शिविरमा २ सय २६ ले सेवालिए

नीलकण्ठ -४ काे नि:शुल्क स्वास्थ्य शिविरमा २ सय २६ ले सेवालिए

  • Kandara Samachar

  • आइतवार, भदौ २२, २०८२

  • 139
    SHARES
नीलकण्ठ -४ काे नि:शुल्क स्वास्थ्य शिविरमा २ सय २६ ले सेवालिए

धादिङ,

नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नीलकण्ठ वडा नम्बर ४  वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय ३६ जनाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा १ सय ५६ महिला र ८० पुरुषले आँखा, दन्त, छाला, महिला स्वास्थ्य लगायत विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।

वडाबासीलाई सहज रूपमा रोगको पहिचान गरी समयमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वडा अध्यक्ष हरि श्रेष्ठले बताउनुभयाे ।

नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचानमा सहयोग गर्ने भएकाले शिविर महत्वपूर्ण रहेको उहाँले बताउनुभयाे ।

डा. अभिषेक महतका अनुसार शिविरमा सुगर र प्रेसरका बिरामी बढी देखिएका छन्। बिरामीलाई औषधि सेवा लिनेदेखि सावधानी अपनाउने तरिकासम्मका आवश्यक जानकारी दिइएको पनि जानकारी दिनुभयाे।

शिविरमा सहभागि स्थानीयले निःशुल्क उपचारले धेरैलाई राहत पुगेको बताउँदै भविष्यमा पनि यस्ता स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar