
धादिङ ।
आधारभुत विद्यालयपछिको महत्वपूर्ण मानिएको एसइइको नजिजाले शिक्षाको समग्र अवस्थाको बारेमा जानकारी दिएको छ ।
जिल्लाका १४ विद्यालयले सतप्रतिशत विद्यार्थी उतिर्ण गराएर अब्बल सावित भएका छन् भने एक विद्यालयले कुनैपनि विद्यार्थी उतिर्ण गराउन सकेन ।
यस वर्षको एसइइ परिक्षामा सामुदायिक विद्यालयतर्फ धुनीबेसी नगरपालिकाको महेशधर्म माविको १७ जना, नीलकण्ठ नगरपालिकाको भैरबी माविको १७ जना, प्रकाश माविको ३० जना, महेन्द्र माविको २१ जना, लामागुरु माविको २२ जना, गंगाजमुना गाउँपालिकाको रिगाउँ मावि, कल्याण माविको १३ जना, त्रिपुरासुन्दरी गाउाँपलिकाको महेन्द्रोदय माविको १३ जना, कार्कीगाउँ माविको १६जना, भिमोदय माविको ८ जना अर्थात परिक्षा दिएका सबै उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचनाअधिकारी चण्डिका मल्ल ठकुरीले जानकारी दिनुुभयो ।
संस्थागत तर्फ त्रिपुरासुन्दरुकिो सल्यानटार बालविकास आवासिय माविको १० जना, बेनिघाटरोराङको ब्राइट फ्यूचर इङ्लिस बोर्डिङ स्कूलको २७ जना, गजुरी गाउँपालिकाको मुनाल एकेडेमीको २७ जना र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलको १३ जना परिक्षा दिएका सबै उतिर्ण भएको पनि मल्ल्ल ठकुरीले बताउनुुभयो ।
एस वर्षको एसइइमा रघुमाविले कुनैपनि विद्यार्थीलाई उतिर्ण गराउन नसकेर सुन्य विद्यार्थी उतिर्ण हुने जिल्लाको एकमात्र विद्यालय बन्न सफल भएको छ ।
धादिङका १ सय ६० माविबाट ४ हजार ५ सय १५ जनाले एसइइ परिक्षा दिएकोमा २ हजार ८ सय ८३ जना अर्थात ६३ दशमलब ८५ प्रतिशत उतिर्ण गरेका छन् ।
एसइइ परिक्षालाई तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष १५ दशमलब ५५ प्रतिशत बढी संख्यामा विद्यार्थी उतिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले जानकारी दिनुुभएको छ ।
धादिङजिल्लाको रुबभ्यिाली गाउँपालिकाबाट १ सय ३४ जनाले एस एसइइ परिक्षा दिएकामध्ये जम्मा २३ जनामात्र अर्थात १७ दशमलब १६प्रतिशतमात्र विद्यार्थी उतिर्ण भएका छन् । गत वर्ष रुबीभ्याली गाउँपालिकाबाट १ सय ५ जनाले एसइइ परीक्षा दिएकाेमा ९ जनामात्र उतिर्ण भएका थिए ।
नेत्रावती डबजोङगाउँपालिकामा १सय ५६ जनाले परिक्षा दिएकोमा १ सय ५६ जना उतिर्ण भए अर्थात ९१ दशमलब ६७ प्रतिशत उतिर्ण भएका छन् ।
यस वर्षकाे एसइइ रिजल्टले सिकाइ उपलब्धि सुदृढ हुँदै आएकाे र सुधार भएकाे पाईएकाे छ ।