धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन

धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन

  • Kandara Samachar

  • आइतवार, असार १५, २०८२

  • 378
    SHARES
धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन
  1. धादिङ,

हेमाे डायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे  हेमाे डनयलासिस सेवा विस्तार हुने भएकाे छ ।

 धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्।

बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले असार १६ गतेदेखि सेवा विस्तार गर्ने तयारी गरेको छ।

धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमाे डायलासिस सेवा सुरु गरेको थियो। हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमाे डायलासिस सेवा लिन बाध्य छन्।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु  डा. गगन अधिकारीका अनुसार, “५ वटा मेसिनमध्ये २ वटा बिग्रिएका कारण अस्पतालमा तीनवटा मेसिनमार्फत मात्र सेवा दिइरहेको थियो।  बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नयाँ मेसिन प्राप्त भएपछि प्रतीक्षा सुचिमा रहेका १० जनाले सेवा पाउने छन् ।

नयाँ मेसिन सञ्चालनमा आएसँगै अब डायलाइसिस सेवाबाट वञ्चित बिरामीलाई सहज पहुँच हुने आशा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar