
✍️ पशुपति आचार्य
बाटो एउटै यात्री फरक, थकाइ मार्दै चौतारीमा ।
मुस्कुराउने बराठ एउटी, नजर पर्यो दौँतरीमा ।।
दिन ढल्यो घाम डुब्यो, चन्द्रमानै साक्षी बन्यो ।
दुई मन एक धड्कन , यात्रागर स्वर्गकै भन्यो ।।
अघि बढ्यो पाइला हाम्रो, सिढी चढ्यौ सहाराले ।
कहिले मन्द कहिले तीब्र, साथ दियो पहराले ।।
फुस्किएछन चोली तिम्रा, तुना कसि मिलाउनुहै ।
फाटेका मन छिनेका आशा, लोरी गाउदै सिलाउनुहै ।।
सम्हालेहै कपाल तिम्रा, पटुकीले गुन्यो कस्नु ।
थाहापाए बैरीले भने , नबोलेरै चुप्प बस्नु ।।
सतह नमिलेको पृथ्वीमा, मन मिल्दा खुशी लाग्यो ।
आटो नपाउने बटुवालाई कुबेरको, धन मिल्दा खुशी लाग्यो ।।
न दोष मेरो न दोष तिम्रो, अनयासै भेटिएछ ।
केही डर केही संकोच, तृष्णा पूर्ण मेटीएछ ।।