धादिङ अस्पतालमा विशेषज्ञ सेवा संचालन

धादिङ अस्पतालमा विशेषज्ञ सेवा संचालन

  • Kandara Samachar

  • आइतवार, पुस १४, २०८१

  • 87
    SHARES
धादिङ अस्पतालमा विशेषज्ञ सेवा संचालन

धादिङ

नागरिककाे स्वास्थ्य सेवा पाउने अधिकारलाई सुरक्षित गर्दै धादिङ अस्पतालमा प्रत्येक महिनाको दोस्रो शनिवार उपलब्ध हुने विशेषज्ञ सेवा सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा विशेषज्ञ सेवा सन्चालन गरिएको हो ।
शिविरमा छाला रोग विशेषज्ञ, मुटुरोग तथा घड्कन विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञ र मधुमेह तथा थाईराईड रोग विशेषज्ञबाट सेवा सन्चालन हुने अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयो ।
विशेषज्ञ सेवा अन्तर्गत नाक कान घाँटी रोगका ६३ जना, मुटुरोगका २३ जना, छाला रोगका ३० जना र मधुमेह तथा थाईराईड रोगका ६ जना गरी जम्मा १२९ जना विरामीको स्वास्थ्य परीक्षण गरीएको छ ।
अबदेखी प्रत्येक महिनाको दोस्रो शनिवार विशेषज्ञ सेवा प्रवाह गरीएकोले स्वास्थ्य समस्या भएका विरामीलाई धादिङ अस्पतालाई आई सेवा लिनको लागि अस्पतालका निर्देशक डा. अधिकारीले आग्रह गर्नुभएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar